‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनको वैधानिकतासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउन आदेश

जस नेपाल

२३ असार २०८३

‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनको वैधानिकतासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राज्यका उच्च पदाधिकारीलाई प्रयोग गरिँदै आएका ‘सम्माननीय’ र ‘माननीय’ जस्ता सम्बोधनको वैधानिकतामाथि प्रश्न उठाउने रिटमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ पेश गर्न निर्देशन दिएको हो ।

अधिवक्ता कुमार थपलियाले दायर गरेको रिटमा संविधान वा प्रचलित कानुनले स्पष्ट रूपमा व्यवस्था नगरेका ‘सम्माननीय’ र ‘माननीय’ जस्ता सम्बोधन सरकारी कामकाज, पत्राचार तथा नेपाल राजपत्रमा प्रयोग हुँदै आएको उल्लेख गर्दै त्यसको संवैधानिक परीक्षण माग गरेका छन् ।

रिटमा यस्ता सम्बोधनले नागरिकबीच अनावश्यक वर्गीकरण र विभेदको भावना सिर्जना गर्ने दाबी गरिएको छ ।  राज्यका सबै पदाधिकारी संविधान र कानुनबाट निर्देशित हुने भएकाले कानुनी आधारबिनाका विशेषणहरूको प्रयोग उपयुक्त नभएको जिकिर निवेदकको छ ।

प्राथमिक सुनुवाइपछि सर्वोच्चले सरकारसँग यस विषयमा आफ्नो धारणा माग्दै कारण देखाउ आदेश जारी गरेको हो । अब सरकारको लिखित जवाफ प्राप्त भएपछि मुद्दाको थप सुनुवाइ हुने सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

सम्बन्धित खवर

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । नेपाल वायु सेवा सञ्चालक समितिको सदस्यमा सरकारले गरेको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले...

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दालाई स्वास्थ्य...

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा  किनेको आरोप

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा किनेको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का...

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/०८३ मा ११ हजार ४६८ मुद्दा...