भारतमा चुनाव चिह्न विवाद : मौजुदा कानूनबमोजिम चुनाव चिह्न आयोगले नै बाँड्नुपर्ने ठहर

२३ असार २०८३

दिल्ली । दिल्ली उच्च अदालतले राजनीतिक दलहरूलाई चुनावी चिह्न वितरण गर्ने इलेक्शन सिम्बोल (रिजर्वेशन और अलोटमेन्ट) आदेश, १९६८ सदर गर्दै संवैधानिक वैधतालाई चुनौती दिने रिट खारेज गरिदिएको छ ।

राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी चिह्न निर्धारण, संरक्षण र बाँडफाँड गर्ने उक्त आदेशको संवैधानिक वैधतालाई चुनौती दिँदै हिन्द साम्राज्य पार्टीले सर्वोच्च अदालतमा रिट हालेको थियो ।

न्यायाधीश नितिन वासुदेव साम्ब्रे र न्यायाधीश अनिश दयालको इजलासले सर्वोच्च अदालतका अघिल्ला फैसलाहरूले यस्तै किसिमका चुनौतीहरूलाई पहिले नै सम्बोधन गरिसकेको उल्लेख गर्दै ती आदेशलाई सदर गरेको हो ।

अदालतले संक्षिप्त फैसला सुनाउँदै भनेको छ, ‘हामीले यो निवेदन खारेज गरेका छौँ ।’

के थियो विवाद ?

यो मुद्दा ‘हिन्द साम्राज्य पार्टी’ नामक राजनीतिक दलले दायर गरेको थियो । याचिकाकर्ताले १९६८ को निर्वाचन चिह्न आदेशलाई असंवैधानिक र अवैध घोषणा गर्न माग गर्दै निर्वाचन आयोगलाई यसका प्रावधानहरू लागू गर्नबाट रोक्न आग्रह गरेको थियो ।

उक्त आदेश जनप्रतित्व ऐन, १९५१ को धारा १६९ अन्तर्गत केन्द्र सरकारले बनाएको नियम नभएको र निर्वाचन आयोगसँग स्वतन्त्र रूपमा यस्तो नियम बनाउने अधिकार नभएको याचिकाकर्ताको दाबी थियो ।

राष्ट्रिय र राज्य स्तरको पार्टीको मान्यता पाउनका लागि तय गरिएका मापदण्डहरू विभेदकारी र मनपरी भएको तर्क गर्दै उक्त पार्टीले दर्ता भएका सबै दलहरू समान हुनुपर्नेमा मान्यता प्राप्त दलहरूलाई मात्र विशेष अधिकार र आरक्षित चिह्न दिनुले नयाँ दलहरूलाई अन्याय हुने दाबी गरेको थियो ।

तर, अदालतले यी तर्कहरूलाई अस्वीकार गर्दै विद्यमान व्यवस्थालाई नै निरन्तरता दिएको छ । विस्तृत आदेश भने आउन बाँकी छ ।

सम्बन्धित खवर

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी...

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा मामिलामा दिएको अभिव्यक्तिले ठूलो...

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले अहिले नेपाली राजनीति मात्रै होइन,...