वकीलहरूले लालटिन बालेर न्याय खोज्दा… (फोटोफिचर)

जस नेपाल

२३ असार २०८३

वकीलहरूले लालटिन बालेर न्याय खोज्दा… (फोटोफिचर)

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दायर रिट दर्ता गर्न नमानेपछि कानून व्यवसायी (वकील)हरूले लालटिन बालेर प्रदर्शन गरेका छन् । सत्य र न्यायको खोजीका लागि भन्दै वकीलहरूले अदालत परिसरमै रहेको नेपाल बार एशोसिएशनको कार्यालयमा प्रदर्शन गरेका हुन्‌ ।

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध दायर रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएपछि हिजो (सोमबार) कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ती सबै रिट दर्ता गर्न आदेश दिएकी थिइन्‌ । तर, अदालत प्रशासनले रिट दर्ता गरेको छैन ।

सर्वोच्च न्यायालयमा देखिएको पछिल्लो संस्थागत द्वन्द्व र तनावको विरोधमा वकीलहरूले दिउँसै लालटिन बालेर प्रदर्शन गरेका हुन्‌ । वकीलहरूको छाता संस्था बार एशोसिएशनले सोमबार नै बैठक राखेर विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।

सर्वोच्च परिसरमा बारले प्रदर्शन गरिरहँदा सिंहदरबारमा प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ जारी छ । बारले प्रधानन्यायाधीश सिफारिसमा संस्थागत विरोध गरिररहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा संवैधानिक परिषद्‌ बैठकबाट शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको थियो । शर्माले अन्य न्यायाधीशले भन्दा बढी मुद्दा फर्स्योट गरेको प्रधानमन्त्री शाहले दाबी गरेका थिए ।

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

जफत गरिएका सवारीसाधन कहिले फिर्ता हुन्छ ? कानूनले के भन्छ ?

काठमाडौँ । नेपालका विभिन्न जिल्लाका प्रहरी कार्यालय, ट्राफिक चेकपोस्ट र अदालत परिसरमा पुग्दा एउटा...

अदालतले कहिलेसम्म ‘थोरै बजेट’मै न्याय दिने ? विश्वका विभिन्न देशबाट सिक्ने कि !

अदालतले कहिलेसम्म ‘थोरै बजेट’मै न्याय दिने ? विश्वका विभिन्न देशबाट सिक्ने कि !

काठमाडौँ । देशको वार्षिक बजेट आज सार्वजनिक हुँदैछ । सडक, पूर्वाधार, ऊर्जा र विकासका...

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

काठमाडौँ । सरकारले श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानूनी दायरामा ल्याउने भएको छ...