सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

जस नेपाल

२६ असार २०८३

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट निवेदनहरूको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ । 

मुख्य मुद्दा दर्ता नम्बर ०८२-WO-१२९२ मा अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको उत्प्रेषणको रिटमा आज माननीय न्यायाधीशद्वय श्री टेकप्रसाद ढुङ्गाना  र श्री श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुने भएको छ । यो मुद्दासँग सम्बन्धित अन्य रिटहरू ०८२-WO-१२०६ र ०८२-WO-१४०४ पनि विचाराधीन छन् ।

डा. सिलवालले आयोग गठनलाई असंवैधानिक, क्षेत्राधिकारविहीन र प्रचलित संवैधानिक व्यवस्थाविपरीत भएको दाबी गर्दै खारेजीको माग गरेका छन् । आयोगको अध्यक्षमा पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी र सदस्यहरूमा पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, गणेशबहादुर केसी र प्रकाश लम्साल रहेका छन् ।

सरकारले वैशाखमा गठन गरेको यो आयोगले २०६२/६३ देखि हालसम्मका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको छ । रिट निवेदकले आयोगको गठन प्रक्रिया, क्षेत्राधिकार र संवैधानिक आधारमाथि नै प्रश्न उठाएका छन् ।

यो मुद्दामा यसअघि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...