नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा वडा सचिवविरुद्ध मुद्दा, आरोपी भन्छन् – ‘प्रमाण अख्तियारलाई नै बुझाएको छु’

जस नेपाल

२५ असार २०८३

नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा वडा सचिवविरुद्ध मुद्दा, आरोपी भन्छन् – ‘प्रमाण अख्तियारलाई नै बुझाएको छु’

काठमाडौँ  । नक्कली शैक्षिक प्रमाणपत्रको भरमा सरकारी जागिर खाएको आरोप लागेका अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

 

आयोगले आज बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका-२ मा कार्यरत हिरालाल काफ्लेले भारतको आसाम प्रदेशस्थित गुहाटीको बोर्ड अफ सेकेन्डरी एजुकेसन, आसामबाट सन् १९९८ मा ‘HSLC (Repeaters)’ परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेश गरेका थिए । उक्त प्रमाणपत्रको आधारमा उनी विभिन्न समयमा सरकारी नियुक्ति र पदोन्नति भएका थिए ।

अनुसन्धानका क्रममा आयोगले फेला पारेको विवरणअनुसार, काफ्लेले मिति २०५७ जेष्ठ ०२ मा अर्जुनचौपारी गाउँ विकास समितिमा कार्यालय सहायक (रा.प.अनं. तृतीय) पदमा अस्थायी नियुक्ति, २०६४ श्रावण ०६ मा खरिदार पदमा बढुवा, २०६७ कार्तिक १५ मा सहायक स्तर तेस्रो तह कार्यालय सहायक (मुखिया) पदमा स्थायी नियुक्ति, २०७२ माघ ०१ मा सहायक स्तर चौथो तह खरिदारमा बढुवा र २०७९ माघ १० मा सहायकस्तर पाँचौं तहमा तहवृद्धि प्राप्त गरेका थिए ।

निज काफ्लेले नक्कली प्रमाणपत्रका आधारमा आफूले नपाउने ओहदा, सुविधा र लाभ प्राप्त गरेको आयोगको ठहर छ । आयोगले उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुरमा सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो ।

सोही विषयमा वडा सचिव काफ्लेलाई सोध्दा उनले अख्तियारको आरोपको खण्डन गरे । उनले भने ‘आज अख्तियारले मुद्दा दायर गरेको विषयमा मलाई जानकारी छैन् । यही विषयमा अख्तियारले प्रमाण मागेपछि मैले टंगाल नै पुगेर आफ्नो पमाणपत्र उपलब्ध गराएकाे हुँ । अब मुद्दा नै पर्‍याे भने अदालत जानुपर्‍याे । तर आराेप साँचाे हाेइन ।’

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

टेलिकमको बिलिङ प्रणाली भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा सुनिल पौडेलसहित सबै प्रतिवादीलाई सफाइ

टेलिकमको बिलिङ प्रणाली भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा सुनिल पौडेलसहित सबै प्रतिवादीलाई सफाइ

काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी वार्षिक मर्मत सम्भार (एएमसी) ठेक्का प्रकरणमा भ्रष्टाचारको आरोप...

११ हजारभन्दा बढी वैदेशिक रोजगारी ठगीका मुद्दाले  कहिले न्याय पाउँछन्?

११ हजारभन्दा बढी वैदेशिक रोजगारी ठगीका मुद्दाले  कहिले न्याय पाउँछन्?

काठमाडौँ । वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूका लागि लामो समयदेखिको न्यायको प्रतिक्षा अझै कायम छ...

‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनको वैधानिकतासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउन आदेश

‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनको वैधानिकतासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राज्यका उच्च पदाधिकारीलाई प्रयोग गरिँदै आएका ‘सम्माननीय’ र ‘माननीय’ जस्ता...

देउवा पुत्रलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो– सात दिनभित्र उपस्थित हुनू

देउवा पुत्रलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो– सात दिनभित्र उपस्थित हुनू

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा...