काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मौरिसस लैजाने भन्दै लामो समय सम्पर्कविहीन भएका ओखलढुंगा सुनकोशी निवासी फुलमान तामाङ पक्राऊ परेका छन् ।
पीडितले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँको वडा नं.६ बाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीले जनाएका छन् ।
त्यसैगरी बेरोजगार युवायुवतीलाई क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा गत साउन २७ गते प्रहरीले पर्वत मोदीका चुडामणि रखाललाई पक्राउ गरेको छ । रखाल भक्तपुरको सूर्यविनायकबाट पक्राउ परेका हुन् । उनलाई पनि प्रहरीले थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ ।

