झुटा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

जस नेपाल

३ भदौ २०८३

झुटा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीले झुटा विवरण पेस गरी माध्यमिक तहको स्थायी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। उनीसँगै तत्कालीन जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेसमेत प्रतिवादी बनाइएका छन्।

आयोगका अनुसार केसीले वि.सं. २०६३ मा अस्थायी विस्थापित शिक्षकलाई एकपटक आन्तरिक प्रतिस्पर्धा गर्न दिने सरकारी निर्णयको दुरुपयोग गरेका थिए। उनले आफूखुसी माध्यमिक विद्यालयको अस्थायी पदबाट राजीनामा दिएर प्राथमिक तहको नियुक्ति लिएका थिए। त्यसपछि जालसाजीपूर्ण ढंगबाट आफूलाई माध्यमिक तहको विस्थापित शिक्षक भनी झुटा विवरण पेस गरी आन्तरिक परीक्षामा सामेल भई माध्यमिक तहमा सिफारिस भएका थिए। तर निजको माध्यमिक तहमा प्रवेश पूर्णतः अवैधानिक रहेको आयोगको ठहर छ।

अनुसन्धान अनुसार शिक्षक सेवा आयोगले २०६१ साल साउन १५ गते अस्थायी शिक्षकका लागि प्रकाशित गरेको विज्ञापनमा केसीले झुटा विवरण पेस गरेका थिए। उनी त्यसअघि नै २०६१ साल असार २ गते स्थायी प्राथमिक विद्यालय शिक्षकको नियुक्ति लिइसकेका थिए। उनले अनुसन्धानका क्रममा आफू विस्थापित शिक्षक नभएको र स्थायी शिक्षक भई राजीनामा दिएर गएको स्वयं स्वीकार गरेका छन्।

विज्ञापनको सर्तअनुसार दरखास्त फारममा विस्थापित वा अस्थायी भएको व्यहोरा जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित हुनुपर्ने थियो। तर केसीले पेस गरेको झुटा विवरण तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले स्वीकृत गरेको देखिएको छ।

अख्तियारले यो कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को कसुर मानेको छ। शिक्षक नवराज केसीविरुद्ध दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना मागदाबी लिइएको छ भने होमनाथ न्यौपानेलाई मुख्य कसुरदारको मतियारका रूपमा दफा २२ बमोजिम सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

काठमाडौँ । सुनकोशी गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ का केही प्रावधान संघीय शिक्षा नियमावलीसँग...

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड...

पत्रकार किशोर श्रेष्ठ छुटेपछि न्यायाधीशमाथि गाली, सर्वोच्चले भन्न खोजेको के हो ?

पत्रकार किशोर श्रेष्ठ छुटेपछि न्यायाधीशमाथि गाली, सर्वोच्चले भन्न खोजेको के हो ?

काठमाडौँ । पछिल्लो केही वर्षयता सम्मानित अदालतले गर्ने फैसला वा आदेशहरुलाई लिएर सम्मानित अदालतमाथि...

बलात्कार अनुसन्धानमा छुट्टै प्रहरी संगठन बनाउन सर्वोच्च अदालतको निर्देशनात्मक आदेश (पूर्णपाठसहित)

बलात्कार अनुसन्धानमा छुट्टै प्रहरी संगठन बनाउन सर्वोच्च अदालतको निर्देशनात्मक आदेश (पूर्णपाठसहित)

काठमाडौँ । महिला प्रहरीलाई सहकर्मीले सामूहिक बलात्कार गरेको घटनाबाट सुरु भएको यो मुद्दा अहिलेसम्मको...