नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाण र रायमाझीसहित १६ जनालाई आज सजाय तोकिँदै

जस नेपाल

२९ असार २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाण र रायमाझीसहित १६ जनालाई आज सजाय तोकिँदै

काठमाडौँ । उच्च पदस्थ सरकारी अधिकारीहरूको मिलेमतोमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठूलो ठगी धन्दामा संलग्न पूर्वदुई मन्त्रीसहित १६ जनालाई आज जिल्ला अदालत काठमाडौँले सजाय सुनाउने भएको छ ।

यो प्रकरणमा संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका प्रतिवादीहरूलाई न्यायाधीश तेजबहादुर खड्काको इजलासले आज सजाय निर्धारण गर्न लागेको हो । गत २३ असारमा ठहर फैसला भएको यो मुद्दामा ३१ जनामध्ये १६ जना दोषी ठहरिएका छन्, ७ जनाले सफाइ पाएका छन् भने ८ जना फरार छन् ।

दोषी ठहर भएकाहरूमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी मुख्य प्रतिवादी छन् । यसैगरी पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, डा.इन्द्रजित राई, टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेल पनि दोषी ठहर भएका छन् ।

मुद्दा नम्बर ०७९-C१-२२७१ अन्तर्गत ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा दर्ता भएको यो प्रकरणले गृह प्रशासनभित्रैको भ्रष्टाचारको जालोलाई उजागर गरेको थियो । आजको फैसलाले ठगी धन्दामा संलग्न व्यक्तिहरूलाई कस्तो कारबाही हुन्छ भन्ने निर्धारण गर्नेछ ।

सम्बन्धित खवर

साउनदेखि देश भरका अदालतको नियमित सुनुवाइ एक सातालाई ठप्प, हरेक नयाँ आर्थिक वर्षमा किन प्रभावित हुन्छन् न्यायालय  ?

साउनदेखि देश भरका अदालतको नियमित सुनुवाइ एक सातालाई ठप्प, हरेक नयाँ आर्थिक वर्षमा किन प्रभावित हुन्छन् न्यायालय ?

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सर्वोच्च अदालतमा साउन १ गतेदेखि करिब एक...

ढुवानी सवारीमा जीपीएस अनिवार्य बनाउने प्रस्ताव, पाँच कानून खारेजीको तयारी

ढुवानी सवारीमा जीपीएस अनिवार्य बनाउने प्रस्ताव, पाँच कानून खारेजीको तयारी

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित चार वटा ऐन र एक नियमावली खारेज गर्ने...

न्यायको नजरमा बालेन सरकार

न्यायको नजरमा बालेन सरकार

न्याय तर्कमा होइन, मानिसको वोध र अनुभूतिमा निहीत हुन्छ । नोवेल पुरस्कार विजेता प्रशिद्ध...

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

काठमाडाैँ । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवार, नेपाल सरकार...