लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा गराएको आरोपमा मुद्दा दायर 

जस नेपाल

१२ साउन २०८३

लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा गराएको आरोपमा मुद्दा दायर 

काठमाडौँ । अध्यागमन विभागको प्रणाली दुरुपयोग गरी लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा एकीकृत गरी भिसा प्रिन्ट र राहदानीमा टाँस्ने काम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारको प्रेस विज्ञप्तिअनुसार अध्यागमन विभाग गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको हो।

अनुसन्धानबाट देखिएअनुसार महतोले नेपाली पोर्ट प्रणालीमा रहेको ट्रयाभलर सेन्ट्रलाइजेसन सुविधा दुरुपयोग गरेका थिए। मिति २०८० फाल्गुन ९ मा लक्जेम्बर्गका नागरिक पल क्रिस्चियन पियर गेडिट्जका नाममा जारी भएको आवासीय भिसासम्बन्धी सम्पूर्ण अभिलेख अमेरिकी नागरिक डिन जे रोबिन्सनका नाममा एकीकृत गरिएको थियो। कानूनबमोजिम प्रक्रिया पूरा नगरिएको, अधिकारप्राप्त अधिकारीबाट निर्णय नभएको र तोकिएको राजस्वसमेत दाखिला नगरिएको अवस्थामा उक्त भिसा प्रिन्ट गरी रोबिन्सनको राहदानीमा टाँसिएको थियो। सोही राहदानीको आधारमा रोबिन्सन नेपालमा बसोबास गरेको समेत देखिएको छ।

अख्तियारले महतोको कार्यलाई भ्रष्टाचार निवारण ऐनको दफा ९ र ११ बमोजिमको कसुर मानेको छ भने रोबिन्सनलाई मुख्य कसुरदारको मतियारका रूपमा दफा २२ को प्रतिबन्धात्मक वाक्यांशअन्तर्गत मुख्य कसुरदारसरह कैद र जरिबानाको सजाय मागदाबी लिई आरोपपत्र दायर गरिएको छ।

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा पूर्ववडा अध्यक्षविरुद्ध मुद्दा

सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा पूर्ववडा अध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला धनुषा, विदेह नगरपालिका वडा नं. ५ का...

नेपाली टोली बुनाई गएको छ, हामी चाँडै ग्रे लिस्टबाट निस्किनेछौँ

नेपाली टोली बुनाई गएको छ, हामी चाँडै ग्रे लिस्टबाट निस्किनेछौँ

आर्थिक र वित्तीय अपराधहरूमा वा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अपराधहरूमा नेपालको अभियोजन र अनुसन्धान कमजोर...

सुनसरीको देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल 

सुनसरीको देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल 

काठमाडौँ । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागी एक जनाको...

५ मिनेटमै प्रश्नपत्र लिक : भारतमा मन्त्रीले राजीनामा दिए, नेपालमा के हुँदैछ ?

५ मिनेटमै प्रश्नपत्र लिक : भारतमा मन्त्रीले राजीनामा दिए, नेपालमा के हुँदैछ ?

काठमाडौँ । परीक्षा सुरु भएको पाँच मिनेटमै ह्वाट्सएपमा प्रश्नपत्र फैलियो । त्रिभुवन विश्वविद्यालयको एमबीएस...