काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार १३ वटा इजलास सञ्चालन हुँदा ४५९ वटा मुद्दा पेसीमा चढेका छन् । तीमध्ये ६४ वटा मुद्दाको फैसला भएको छ भने
१५८ मुद्दा हेर्न नभ्याइनेमा परेका छन् ।
यो भनेको फैसला भएको मुद्दाको संख्या भन्दा हेर्न नभ्याइने मुद्दाको संख्या झण्डै अढाइ गुण (२.४७गुण) बढी हो ।
आज पेसी चढेका मध्ये ८८ वटा मुद्दामा भने आदेश मात्रै जारी भएको छ ।
अदालतको दैनिक विवरणअनुसार ७५ वटा मुद्दाको सुनुवाइ स्थगित भएको छ । यस्तै, १५८ वटा मुद्दा हेर्न नभ्याइएका छन् भने ७४ वटा मुद्दा हेर्न नमिल्ने भएका छन् ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सोमबार मात्रै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएकाले कुनै पनि इजलासमा बसेनन् । उनका अनुपस्थितिमा सर्वोच्चमा १३ वटा इजलासमार्फत मुद्दाको सुनुवाइ गरिएको थियो ।
ताजा अपडेट
