सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा पूर्ववडा अध्यक्षविरुद्ध मुद्दा

जस नेपाल

१२ साउन २०८३

सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा पूर्ववडा अध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला धनुषा, विदेह नगरपालिका वडा नं. ५ का पूर्व वडा अध्यक्ष विजय कुमार यादवविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार यादवले भारतीय राजदूतावास, लैनचौरसँग २०७७ असोज १४ को सम्झौताबाट वडा बासीलाई सेवा दिने भनी निःशुल्क एम्बुलेन्स प्राप्त गरेका थिए । तर उक्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी विवरणमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेका छन्। एम्बुलेन्स सेवाको लगबुक, निःशुल्क वा शुल्क लिएर कति किलोमिटर सेवा दिएको, इन्धन खर्च कति भएको जस्ता कुनै पनि प्रमाण कागजात राखेको नदेखिएको आयोगले जनाएको छ।

अनुसन्धानमा यादवले तीन वर्ष पाँच महिनामा उक्त एम्बुलेन्स ३० हजार १८५ किलोमिटर गुडाएको भेटिएको छ। नेपाल रेडक्रस सोसाइटी, धनुषाले २०७८ जेष्ठ ०४ मा प्रकाशित गरेको जिल्ला दररेटअनुसार कच्ची बाटोको भाडा हिसाब गर्दा १५ लाख ९ हजार २ सय ५० रुपैयाँ सार्वजनिक सम्पत्ति हिनामिना भएको आयोगले ठहर गरेको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि भएको भन्दै बिगो १५ लाख ९ हजार २ सय ५० रुपैयाँ कायम गरी दफा ३ को उपदफा (१) को देहाय (च) तथा संशोधित दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र जरिबानाको मागदाबी लिएको छ। यादवले अनुसन्धान अवधिमा ३ लाख ८१ हजार ५ सय ९७ रुपैयाँ दाखिला गरेकाले असुलउपर गर्नुपर्ने बिगो ११ लाख २७ हजार ६ सय ५३ रुपैयाँ माग गरिएको छ।

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा गराएको आरोपमा मुद्दा दायर 

लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा गराएको आरोपमा मुद्दा दायर 

काठमाडौँ । अध्यागमन विभागको प्रणाली दुरुपयोग गरी लक्जेम्बर्गका नागरिकको आवासीय भिसा अमेरिकी नागरिकको नाममा...

नेपाली टोली बुनाई गएको छ, हामी चाँडै ग्रे लिस्टबाट निस्किनेछौँ

नेपाली टोली बुनाई गएको छ, हामी चाँडै ग्रे लिस्टबाट निस्किनेछौँ

आर्थिक र वित्तीय अपराधहरूमा वा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अपराधहरूमा नेपालको अभियोजन र अनुसन्धान कमजोर...

सुनसरीको देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल 

सुनसरीको देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल 

काठमाडौँ । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागी एक जनाको...

५ मिनेटमै प्रश्नपत्र लिक : भारतमा मन्त्रीले राजीनामा दिए, नेपालमा के हुँदैछ ?

५ मिनेटमै प्रश्नपत्र लिक : भारतमा मन्त्रीले राजीनामा दिए, नेपालमा के हुँदैछ ?

काठमाडौँ । परीक्षा सुरु भएको पाँच मिनेटमै ह्वाट्सएपमा प्रश्नपत्र फैलियो । त्रिभुवन विश्वविद्यालयको एमबीएस...