न्याय सेवा अन्तर्गत ६० जनालाई जागीरकाे अवसर

JUS NEPAL

२९ मंसिर २०८२

न्याय सेवा अन्तर्गत ६० जनालाई जागीरकाे अवसर

काठमाडाैं । लोक सेवा आयोगले आइतबार न्याय सेवा अन्तर्गत विभिन्न पदका लागि ६० जना कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।

आयोगले न्याय समूह तर्फ ३१, कानूनतर्फ १३ र सरकारी वकिल तर्फ १६ जना कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको हो । जसमा ६० मध्ये ३३ वटा कोटा खुल्लाका लागि छुट्याइएको छ भने बाँकी २७ वटा कोटा समावेशी समूह अन्तर्गत छ।

न्याय समूहमा खुला १७, महिला ५, आधिवासी जनजाति ४, मधेसी ३, अपाङ्ग १, पिछडिएको क्षेत्रका लागि १ कोटा छ भने कानून तर्फ खुला ८, महिला २, आधिवासी जनजाति १, मधेसी २, दलितका लागि १ वटा कोटा छ ।

त्यस्तै सरकारी वकिल समूहमा खुला ८, महिला २, आदिवासी जनजाति २, मधेसी १, दलित १ र अपाङ्गका लागि १ वटा कोटा रहेको छ ।

आयोगले आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २ सय रुपैयाँ तोकेको छ भने थप समूहका लागि प्रत्येक समूहका लागि थप ४ सय रुपैयाँ शुल्क लाग्ने छ ।

आवेदकले पुस ९ गते भित्र दरखास्त दिइसक्नुपर्ने आयोगले जनाएको छ । उक्त समय भित्र आवेदन नबुझाउनेहरूले दोब्बर दस्तुरमा पुस २२ गतेसम्म अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्ने छन् ।

न्याय सेवामा जनशक्ति अभाव भइरहेका समयमा खुलेकाे यस विज्ञापनलाई कानुन क्षेत्रमा भविष्य बनाउन चाहनेहरूका लागि महत्त्वपूर्ण अवसर का रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

पतञ्जलि भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

पतञ्जलि भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडाैं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग जोडिएको जग्गा हिनामिना प्रकरणमा दायर भ्रष्टाचार...

न्यायाधीशको आलोचना गर्न पाइन्छ, तर…

न्यायाधीशको आलोचना गर्न पाइन्छ, तर…

काठमाडौं । पछिल्लो समय विभिन्न तहका न्यायालयबाट हुने गरेका फैसलामाथि सामाजिक सञ्जालमा बग्रेल्ती टिप्पणी...

कांग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा

कांग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष...

जेनजी र सरकारको सम्झौता राजपत्रमा प्रकाशित

जेनजी र सरकारको सम्झौता राजपत्रमा प्रकाशित

काठमाडौं । जेनजी आन्दोलन र सरकारबीच मंसिर २५ गते सम्पन्न सम्झौता राजपत्रमा प्रकाशित भएको...