काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतको पनि सक्रियता बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गतिविधिलेसमेत तिव्रता पाउन थालेको छ । यिनै सन्दर्भमा आज शुक्रबार दिनभर भएका अदालती तथा न्यायिक गतिविधि जस नेपालले प्रस्तुत गरेको छ ।
शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला
सर्वोच्च अदालतमा शुक्रबार १४ जना न्यायाधीशको इजलासबाट २१५ वटा मुद्दाको पेसी तोकिएकोमा १०० वटा मुद्दाको फैसला भएको छ । यस्तै, ५५ वटा मुद्दामा आदेश जारी हुँदा २५ वटा स्थगित भएका छन् । २६ वटा मुद्दा हेर्न नभ्याइने र ९ वटा हेर्न नमिल्ने सूचीमा परेका छन् । पूरा पढ्नुहाेस्
सपना प्रधान मल्ल पुन: कायम मुकायम प्रधानन्यायाधीश
सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी फेरि न्यायाधीश सपना प्रधान मल्लले सम्हालेकी छन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेपछि मल्ललाई उक्त जिम्मेवारी दिइएको हो । डा. शर्मा साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । पूरा पढ्नुहाेस्
सांसदले स्वकीय सचिव राख्न पाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
सांसदलाई निजी स्वकीय सचिव अर्थात् पीए राख्ने सुविधा पुनः खुला गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल थापाले दायर गरेको रिटमा योग्यता, नियुक्ति प्रक्रिया र जिम्मेवारी स्पष्ट नभएकाले उक्त निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार पर्ने र सुशासनको सिद्धान्तसमेत उल्लंघन हुने जिकिर गरिएको छ । पूरा पढ्नुहाेस्
शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा
उच्च अदालत पाटनले जगदम्बा स्टिल लिमिटेडका सञ्चालक शंकरलाल अग्रवाललाई बैंक कर्जा दुरुपयोग मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले चालु पुँजी कर्जा उद्योग सञ्चालनमा प्रयोग नगरी जग्गा खरिद र शेयर लगानीमा दुरुपयोग गरिएको प्रारम्भिक आधार देखिएको ठहर गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म नख्खु कारागार पठाउन आदेश दिएको हो । पूरा पढ्नुहाेस्
१५ वर्ष अघि बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आराेपमा तीनविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आरोपमा तीन पूर्वकर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली भरपाई बनाएर ३ लाख ७ हजार २ सय रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले बिगो असुल, कैद र जरिवानाको माग गरेको हो । पूरा पढ्नुहाेस्
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा दायर गर्दै १२१ जनालाई प्रतिवादी बनाएको छ । विभागले करिब एक खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको जनाएको छ । विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क र मनी लाउन्डरिङसम्बन्धी अनुसन्धान तथा अभियोजनलाई पछिल्लो समय थप तीव्र बनाएको पनि उल्लेख गरेको छ । पूरा पढ्नुहाेस्
थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा
बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट थुना आदेश बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उच्च अदालत पाटन र विशेष अदालतले दिएको थुना आदेशविरुद्ध शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गरिएको हो । भट्टविरुद्ध बैंकिङ कसुरमा ४२ करोडभन्दा बढी र सम्पत्ति शुद्धीकरण मुद्दामा २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ । पूरा पढ्नुहाेस्
हाजिरी जमानीमा रिहा भए निहारिका र बिनु
तीन दिनदेखि प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा भएका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिरी जमानीमा छाडेको हो । बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएपछि पक्राउ परेका दुवै जना न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।
भिडियाेमा पनि हेर्नुहाेस् :

