सडकमा माटो खसालेर हिलाम्मे बनाउने कन्स्ट्रक्सनलाई ५० हजार जरिवाना

जस नेपाल

२६ साउन २०८३

सडकमा माटो खसालेर हिलाम्मे बनाउने कन्स्ट्रक्सनलाई ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका–२, गैरीधारा क्षेत्रमा निर्माणाधीन घरबाट सडकमा माटो खसालेर सडक हिलाम्मे बनाउने राम कन्स्ट्रक्सनलाई महानगर प्रहरीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

निर्माणका क्रममा सडकमा जथाभावी माटो खसाल्दा पैदलयात्री तथा सवारीसाधनको आवतजावतमा समस्या भएको गुनासो आएपछि महानगर प्रहरी बलले निर्माण कम्पनीमाथि कारबाही गरेको हो ।

सडकमा खसालिएको माटोका कारण अत्यधिक हिलो हुनुका साथै सडकको आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिमसमेत बढेको महानगर प्रहरीले जनाएको छ । निर्माणस्थलबाट सडकमा माटो तथा अन्य सामग्री खसालेर सार्वजनिक आवागमनमा अवरोध पुर्‍याएको भन्दै महानगरले जरिवाना असुल गरेको हो ।

महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकअन्तर्गत निर्माण कम्पनीबाट ५० हजार रुपैयाँ जरिवाना असुल गरेको रसिदमा उल्लेख छ ।

सम्बन्धित खवर

LLM दोस्रो सेमेस्टरमा ७६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि डीन कार्यालयमा निवेदन

LLM दोस्रो सेमेस्टरमा ७६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि डीन कार्यालयमा निवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत एलएलएम दोस्रो सेमेस्टरको परीक्षामा १६७ परीक्षार्थीमध्ये १२९ जना...

संघ-संस्थाले बालबालिकालाई विदेश लैजान स्थानीय तहको सिफारिस र प्रशासनको स्वीकृति अनिवार्य

संघ-संस्थाले बालबालिकालाई विदेश लैजान स्थानीय तहको सिफारिस र प्रशासनको स्वीकृति अनिवार्य

काठमाडौं । कुनै संस्था वा निकायले बालबालिकालाई अध्ययन, अवलोकन, खेलकुद वा अन्य कार्यक्रमका लागि...

नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर 

नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष...

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...