काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत एलएलएम दोस्रो सेमेस्टरको परीक्षामा १६७ परीक्षार्थीमध्ये १२९ जना अर्थात् ७६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
अनुत्तीर्णमध्ये अधिकांश विद्यार्थी ‘विधिशास्त्र’ विषयमा मात्र असफल भएको भन्दै विद्यार्थीले नतिजामाथि प्रश्न उठाएका हुन् । विद्यार्थीहरूले नतिजा त्रुटिपूर्ण भएको दाबी गर्दै निष्पक्ष छानबिन, उत्तरपुस्तिका पुनः मूल्याङ्कन र लापरवाही गर्ने परीक्षकमाथि कारबाहीको मागसहित डीन कार्यालयमा निवेदन दिएका छन् ।

