जेनजी आन्दोलनको आडमा जेल तोडेर भाग्न खोज्दा गोली लागेर १० कैदीको मृत्यु

१३ कार्तिक २०८२

जेनजी आन्दोलनको आडमा जेल तोडेर भाग्न खोज्दा गोली लागेर १० कैदीको मृत्यु

काठमाडौं । देशका विभिन्न थुनुवा कक्ष र कारागारबाट भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीको गोली लागेर १० जना कैदीबन्दीको ज्यान गएको छ। जेनजी आन्दोलनको क्रममा जेल तोड्ने प्रयास गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाउनु परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बाँकेको नौबस्तास्थित बाल सुधार गृह, रामेछाप कारागार कार्यालय र धादिङ कारागारमा कैदीहरू भाग्न खोज्दा गोली चलाइएको थियो ।

नौबस्ता बालसुधार गृहमा रहेका र भाग्ने प्रयास गरेका नाबालक कैदीहरूमध्ये अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय दिनेश घर्ती मगर, बाँकेका समीर थापा, कैलालीका १९ वर्षीय जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको छ।

त्यस्तै, रामेछाप कारागारबाट भाग्ने प्रयासमा मोरङका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र ४० वर्षीय मनोज महतो सुरक्षाकर्मीको गोलीबाट मारिएका हुन्।

धादिङ कारागारबाट भाग्ने क्रममा पनि सेनाले चलाएको गोली लागेर धादिङको बेनिघाटका ६१ वर्षीय जित बहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्र बहादुर डाला मृत्यु भएका छन्।

प्रहरीका अनुसार सबै मृतकहरू कारागारबाट जबरजस्ती पलायनको प्रयासमा थिए । उनीहरूलाई रोक्न खोज्दा अवस्था नियन्त्रणबाहिर गएपछि बल प्रयोग गर्नुपरेको थियो।

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७०...

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...