जेनजी आन्दोलनको आडमा जेल तोडेर भाग्न खोज्दा गोली लागेर १० कैदीको मृत्यु

१३ कार्तिक २०८२

जेनजी आन्दोलनको आडमा जेल तोडेर भाग्न खोज्दा गोली लागेर १० कैदीको मृत्यु

काठमाडौं । देशका विभिन्न थुनुवा कक्ष र कारागारबाट भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीको गोली लागेर १० जना कैदीबन्दीको ज्यान गएको छ। जेनजी आन्दोलनको क्रममा जेल तोड्ने प्रयास गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाउनु परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बाँकेको नौबस्तास्थित बाल सुधार गृह, रामेछाप कारागार कार्यालय र धादिङ कारागारमा कैदीहरू भाग्न खोज्दा गोली चलाइएको थियो ।

नौबस्ता बालसुधार गृहमा रहेका र भाग्ने प्रयास गरेका नाबालक कैदीहरूमध्ये अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय दिनेश घर्ती मगर, बाँकेका समीर थापा, कैलालीका १९ वर्षीय जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको छ।

त्यस्तै, रामेछाप कारागारबाट भाग्ने प्रयासमा मोरङका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र ४० वर्षीय मनोज महतो सुरक्षाकर्मीको गोलीबाट मारिएका हुन्।

धादिङ कारागारबाट भाग्ने क्रममा पनि सेनाले चलाएको गोली लागेर धादिङको बेनिघाटका ६१ वर्षीय जित बहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्र बहादुर डाला मृत्यु भएका छन्।

प्रहरीका अनुसार सबै मृतकहरू कारागारबाट जबरजस्ती पलायनको प्रयासमा थिए । उनीहरूलाई रोक्न खोज्दा अवस्था नियन्त्रणबाहिर गएपछि बल प्रयोग गर्नुपरेको थियो।

सम्बन्धित खवर

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

नयाँ दिल्ली । गुजरात उच्च अदालतले वकिलको नक्कल गरेको आरोपमा एकजना कानूनकी विद्यार्थीको अग्रिम...

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँ उपत्यकामा कोठा खोजिदिने नाममा रकम असुल्ने गिरोहको गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ।...

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक...

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९०...