झुम्का कारागारबाट भागेका १ हजार ५७२ मध्ये ५७२ कैदीबन्दी पक्राउ

जस नेपाल

१३ कार्तिक २०८२

झुम्का कारागारबाट भागेका १ हजार ५७२ मध्ये ५७२ कैदीबन्दी पक्राउ

सुनसरी । सुनसरी रामधुनी नगरपालिका ५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।

२३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिए । उनका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १ सय बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्‍याउन थालेपछि कैदीबन्दी भागेका थिए ।

कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि करागार प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा व्यवस्था खुकुलो गराइएको प्रहरी उपरीक्षक तिम्सनाले उल्लेख गरे । उनका अनुसार करागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक एकैसाथ एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए ।

कारागारमा भारतीय तथा विदेशी ६५ जनासहित बाँकी नेपाली कैदी रहेकामा सबै भारतीय कैदीबन्दी भागेका उपरीक्षक तिम्सनाले जानकारी दिए । सोमबार रातिसम्ममा ७०५ जनालाई नियन्त्रणमा लिइएको बताउँदै उनले अन्यको खोजीकार्य जारी रहेको उल्लेख गरे ।

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७०...

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...