जेनजी आन्दोलनको प्रभाव : अदालतले बढायो हदम्याद, म्याद र तारेख थाम्‍ने मिति (वृहत् पूर्ण इजलासको आदेशसहित)

१८ पुष २०८२

जेनजी आन्दोलनको प्रभाव : अदालतले बढायो हदम्याद, म्याद र तारेख थाम्‍ने मिति (वृहत् पूर्ण इजलासको आदेशसहित)

काठमाडौँ । जेनजी आन्दोलनका कारण अदालतका मिसिलहरु जलेको र भदौ २४देखि कात्तिक ३० सम्म अदालतहरु बन्द रहेका कारण हदम्याद, म्याद र तारेखमा असर पर्दै आएको छ । उक्त प्रभावलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले आगामी माघ १ गतेसम्म तारेख र हदम्याद थाम्न पाउने खुकुलो निर्णय गरेको छ ।

सर्वोच्च अदालतका सम्पूर्ण १९ जना न्यायायाधीशहरु संलग्न रही पुस १४ बसेको वृहत् पूर्ण इजलासले हदम्याद, म्याद र तारेख थाम्न पाउने समय थप गरेको हो ।

यसअघि अदालतले भदौ २४ देखि कात्तिक ३० गतेको समलाई शून्य मानेको थियो । कात्तिक ३० गतेबाट मात्रै अदालत खुलेका कारण हदम्याद, म्याद र तारेख थाम्न पाउने समय मंसिर ३० गते सम्मका लागि तोकिएको थियो ।

तर, तोकिएको समयमा पनि कतिपय सेवाग्राहीले म्याद र तारेख थाम्न नसकेको हुनाले वृहत् पूर्ण इजलास थप ६० दिनसम्म म्याद थाम्न पाइने निर्णय गरेको हो ।

वृहत् पूर्ण इजलासको आदेशमा भनिएको छ, ‘मिति २०८२/०५/२४ गतेको आगजनी, तोडफोड, दुर्गामुढा एवं लुटपाटको कारणबाट सुर्जित विषम परिस्थितिको कारणबाट सेवाग्राहीलाई पर्न गएको असुबिधा, द्विविधा र कठिनाई समेतलाई सम्बोधन गरी न्यायिक प्रकृयामा सहजता कायम गर्न र स्वच्छ सुनुवाईको हकलाई संरक्षित गर्नका लागि यस अदालतको हकमा मिति २०८२/०५/२४ गते देखि मिति २०८२/०७/३० सम्मको अवधिलाई विषम परिस्थिति मानी सो समयमा गुज्रन गएका हदम्याद, म्याद र तारिख मिति २०६२//१ देखि ६० (साठी) दिनसम्म कायम गर्न वा लिन सकिने गरी आदेश जारी गरिएको छ ।’

साथै, अन्य उच्च अदालत जिल्ला अदालत र न्यायाधिकरणको हकमा सम्बन्धित अदालतवाट विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ मा निर्देशन भएप्रमोजिम ०८२ भदौ २४ देखि सम्बन्धित अदालतबाट सेवा सुचारु हुने भनी सूचना प्रकाशन गरिएको दिनसम्मलाई विषम परिस्थिति मान्ने अदालतले निर्णय गरेको छ । उक्त मितिवाट ६० (साठी) दिनसम्म नष्ट भएका र नभएका सबै मुद्दाका सेवाग्राहीको गुजे्रको हदम्याद, म्याद र तारिख थमाउन पाउने गरी आदेश जारी गरिदिएको अदालतले जनाएको छ ।

उक्त आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएसनलाई दिई मातहतका अदालतमा समेत यसैबमोजिम कार्यान्वयन गर्र्न लेखी पठाउन पनि सर्वोच्चले निर्देशन दिएको छ ।

अदालतले भनेको छ, ‘यो आदेश विभिन्न माध्यमबाट प्रचारप्रसारसमेत गर्नु गराउनु भनी यस अदालतका मुख्य रजिष्ट्रारलाई लेखी पठाउनू ।’

हेर्नुहोस् वृहत् पूर्ण इजलासको आदेशको पूर्णपाठ

सम्बन्धित खवर

फेवातालको आँगनमा लै लै…

फेवातालको आँगनमा लै लै…

काठमाडौं । शनिबार बिहानै पोखराको लेकसाइडस्थित फेवाताल किनारामा रहेको कर्ण शाक्यको रिसोर्टमा डोजर चल्यो...

गौरीबहादुरको निष्पक्षतामाथि सर्वोच्चको शंका, जाँचबुझ प्रतिवेदन ‘शून्य’ हुने जोखिम

गौरीबहादुरको निष्पक्षतामाथि सर्वोच्चको शंका, जाँचबुझ प्रतिवेदन ‘शून्य’ हुने जोखिम

(जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले गरेको फैसलाबारे जस नेपालले गत...

रविलाई मन्त्री बन्न नैतिकताले रोक्ने सर्वोच्चको त्यो फैसला

रविलाई मन्त्री बन्न नैतिकताले रोक्ने सर्वोच्चको त्यो फैसला

काठमाडौं । गत पुस १३ गते बालेन्द्र शाह र रवि लामिछानेले हस्ताक्षर गरेको ७...

सर्वोच्चको व्याख्या : बिहेका लागि केटी भगाउँदा ‘मानव बेचबिखन’ ठहरिँदैन

सर्वोच्चको व्याख्या : बिहेका लागि केटी भगाउँदा ‘मानव बेचबिखन’ ठहरिँदैन

काठमाडौँ । समाजमा बिहेबारीसम्बन्धी अनेक खालका घटना सुनिन्छन् । कसैले प्रेमिकालाई भगाएर बिहे गर्‍यो...