पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथिको भ्रमण प्रतिबन्ध फुकुवा

२१ पुष २०८२

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथिको भ्रमण प्रतिबन्ध फुकुवा

काठमाडौँ । भाद्र २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित ‘जाँचबुझ आयोग, २०८२’ ले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने प्रतिबन्ध (स्थानहद) फुकुवा गरेको छ ।

सोमबार (आज) बसेको आयोग बैठकले उक्त निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा जेन-जी विद्रोहका क्रममा ओलीको संलग्नता र कामकारबाहीबारे सोधपुछ तथा आवश्यक अनुसन्धानको कार्य सम्पन्न भइसकेकाले उनीमाथि लगाइएको रोक हटाउने निर्णय गरिएको आयोगले जनाएको हो ।

आयोगका सदस्य एवम्‌ प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, “ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिएको छ।”

यसअघि अनुसन्धानको सिलसिलामा आयोगको २०८२ असोज १२ गतेको बैठकले ओलीलाई आयोगको अनुमतिबिना विदेश जान र काठमाडौँ उपत्यका छाड्न रोक लगाउने निर्णय गरेको थियो । अनुसन्धानको प्रक्रिया पूरा भएपछि आयोगले सम्बन्धित निकाय र ओलीलाई समेत यस निर्णयको जानकारी गराएको छ । ओलीले आइतबार आयोगका अधिकारीहरूलाई लिखित बयान दिएका थिए ।

भाद्र २३ र २४ गते भएका विशेष घटनाहरूको सत्यतथ्य पत्ता लगाउन सरकारले यो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले जारी गरेको विज्ञप्ति :

याे पनि –

कानूनका डाक्टरलाई ‘घुस्याहा मन्त्रालय’ को शल्यक्रिया गर्ने जिम्मा

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...