निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

२४ पुष २०८२

निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मनासिव आधार, कारण र सवुद प्रमाणसहित सूचना प्राप्त मितिले १५ दिनभित्र लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न माग गरेको हो ।

सङ्घीय संसद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ नेपाल निषाद एकता समाजको तर्फबाट खजान्ती महतो ननीयाले यही पुस १८ गते दायर गरेको रिट निवेदकले उठाएको विषय सङ्घीय संसद्बाट सम्बोधन हुनुपर्ने प्रकृतिको देखिएकाले सर्वोच्चले लिखित जवाफ माग गरेको हो ।

निषाद जातिभित्र नुनिया, बिन, मलाह, केवट, केवरत, तुराहा, अमात, कोल/कौल, कहार, खुलवट, खुलवट/खुनोट, गनगाई, गोड, गोढी, चाँय/चायभ/चाई, चौहन, तीयार, धिमर/धीवर, वहरदार, वेल्दार, वोट, राजभर, सोरहिया/सोरैया, वनपर, गौड, बोटे, मोडियारी/मोरियारी पर्दछन् ।

रिट निवेदनमा राज्य संयन्त्रबाट पछाडि पारिएकाले राज्यका निजामति, सरकारी, अर्धसरकारी, गैर सरकारी, सैनिक, प्रहरी प्रशासन, कूटनीतिक नियोगजस्ता निकायमा आरक्षण कोटा निर्धारण गर्न आदेश माग गरिएको थियो ।

निषाद जातिको बसोबास मुख्यतः मधेश (तराई) को प्रत्येक जिल्लाको नदीनाला, खोला, खोल्साको छेउ किनार र बस्तीमा हुने गरेको छ । यो जातिको मुख्य पेसा माछा मार्ने, डुङ्गा तार्ने, खेतीपानी र ज्याला मजदुरी गर्ने हो ।

यी समुदाय बाढीपहिरोबाट बढी प्रभावित हुने गरेका छन् । मधेसी आयोगले प्रकाशित गरेको नेपालमा मधेसी समुदायको वस्तुस्थिति विवरणमा निषाद जातिबाट आठ लाख १४ हजार २१६ भन्दा बढी नागरिक रहेको छ ।

सम्बन्धित खवर

संसद् छलेर अध्यादेशमार्फत कानून निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण

संसद् छलेर अध्यादेशमार्फत कानून निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले संसद् छलेर अध्यादेशमार्फत कानून निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको...

रवि लामिछानेको मुद्दा सपना र श्रीकान्तको बेञ्चमा

रवि लामिछानेको मुद्दा सपना र श्रीकान्तको बेञ्चमा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको...

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माण लगायत काममा...

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काडमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट निवेदनमा आज...