निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

२४ पुष २०८२

निषाद जातिलाई आरक्षण कोटा मागिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मनासिव आधार, कारण र सवुद प्रमाणसहित सूचना प्राप्त मितिले १५ दिनभित्र लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न माग गरेको हो ।

सङ्घीय संसद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ नेपाल निषाद एकता समाजको तर्फबाट खजान्ती महतो ननीयाले यही पुस १८ गते दायर गरेको रिट निवेदकले उठाएको विषय सङ्घीय संसद्बाट सम्बोधन हुनुपर्ने प्रकृतिको देखिएकाले सर्वोच्चले लिखित जवाफ माग गरेको हो ।

निषाद जातिभित्र नुनिया, बिन, मलाह, केवट, केवरत, तुराहा, अमात, कोल/कौल, कहार, खुलवट, खुलवट/खुनोट, गनगाई, गोड, गोढी, चाँय/चायभ/चाई, चौहन, तीयार, धिमर/धीवर, वहरदार, वेल्दार, वोट, राजभर, सोरहिया/सोरैया, वनपर, गौड, बोटे, मोडियारी/मोरियारी पर्दछन् ।

रिट निवेदनमा राज्य संयन्त्रबाट पछाडि पारिएकाले राज्यका निजामति, सरकारी, अर्धसरकारी, गैर सरकारी, सैनिक, प्रहरी प्रशासन, कूटनीतिक नियोगजस्ता निकायमा आरक्षण कोटा निर्धारण गर्न आदेश माग गरिएको थियो ।

निषाद जातिको बसोबास मुख्यतः मधेश (तराई) को प्रत्येक जिल्लाको नदीनाला, खोला, खोल्साको छेउ किनार र बस्तीमा हुने गरेको छ । यो जातिको मुख्य पेसा माछा मार्ने, डुङ्गा तार्ने, खेतीपानी र ज्याला मजदुरी गर्ने हो ।

यी समुदाय बाढीपहिरोबाट बढी प्रभावित हुने गरेका छन् । मधेसी आयोगले प्रकाशित गरेको नेपालमा मधेसी समुदायको वस्तुस्थिति विवरणमा निषाद जातिबाट आठ लाख १४ हजार २१६ भन्दा बढी नागरिक रहेको छ ।

सम्बन्धित खवर

अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध कैद र बिगो माग्दै मुद्दा

अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध कैद र बिगो माग्दै मुद्दा

काठमाडौँ । भ्रष्टाचार मुद्दा तहकीकात क्रममा सरकारी साक्षी बनेर बयान दिएकाहरूले नै अदालतमा प्रतिकूल...

मद्रास हाइकोर्टको फैसला : भगवद गीता पढाउँदैमा कुनै ट्रष्ट धार्मिक हुँदैन

मद्रास हाइकोर्टको फैसला : भगवद गीता पढाउँदैमा कुनै ट्रष्ट धार्मिक हुँदैन

मद्रास । भारतको मद्रास हाइकोर्ट (उच्च अदालत) ले भगवद गीता पठाउँदैमा कुनै ट्रष्ट धार्मिक...

न्याय सम्पादन छिटोछरितो बनाउन झापामा कार्यालय प्रमुख बैठक

न्याय सम्पादन छिटोछरितो बनाउन झापामा कार्यालय प्रमुख बैठक

झापा । झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न भएको छ...

कानून व्यवसायीको आचरण : वकीलले के गर्ने ? के नगर्ने ?

कानून व्यवसायीको आचरण : वकीलले के गर्ने ? के नगर्ने ?

काठमाडौं । हरेक पेसाका आफ्ना-आफ्ना आचारसंहिता हुन्छन्, जसलाई हामी Professional Ethics का रूपमा बुझ्छौँ ।...