‘नो भोट’मा आयोग मौन रहँदा काँग्रेसको विशेष महाधिवेशनमा प्रस्ताव

२८ पुष २०८२

‘नो भोट’मा आयोग मौन रहँदा काँग्रेसको विशेष महाधिवेशनमा प्रस्ताव

काठमाडौँ । नेपालको सर्वोच्च अदालतले १३ वर्षअघि ‘मतदानमा नो भोट’ व्यवस्था गर्न आदेश दिएको थियो । सरकारले सर्वोच्च न्यायालयको उक्त आदेश कार्यान्वयन नगरे पनि यस अवधिको प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको विशेष महाधिवेशनमा ‘नो भोट’ को विषय प्रवेश गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा आयोजकमध्ये एक, काँग्रेसका महामन्त्री गगनकुमार थापाले पेश गरेका समसामयिक राजनीतिक प्रस्तावको ११औँ बुँदामा ‘नो भोट’ को कानूनी सुनिश्चिततालाई संस्थागत गरिने उल्लेख छ ।

महामन्त्री थापाले उक्त प्रस्तावको बुँदा नं. ११ को शीर्षक नै ‘निर्वाचन प्रणालीमा सुधार’ राखेका छन्‌ । उक्त बुँदामा लेखिएको छ, ‘मतदाताको अधिकारलाई अर्थपूर्ण बनाउन ‘नो भोट’ (राइट टु रिजेक्ट) को कानूनी सुनिश्चितता र विदेशमा रहेका नेपालीको मतदानको अधिकारलाई सुनिश्चित गरिनेछ ।’

२०६२/६३ को जनआन्दोलनपछिका निर्वाचनअघि तारन्तार ‘नो भोट’ को माग हुने गरेको छ । सर्वोच्च अदालतले वि.सं. २०७० पुस १ मा निर्वाचन आयोगलाई निर्वाचनमा नोटा सहितको मतपत्र छाप्न आदेश दिएको थियो ।

परम्परागत दलहरूबाट आजित नागरिकको एक पङ्क्तिले ‘नन्‌ अफ अभव – नोटा’ (माथिका कसैलाई मत दिन्नँ)  कार्यान्वयन माग गरे पनि निर्वाचन आयोगले मतपत्रमा हालसम्म त्यस्तो व्यवस्था गरेको छैन । २०७६ मा पनि अदालतले सरकार र आयोगलाई उक्त आदेश पुनःस्मरण गराएको थियो ।

आयोगले सरकारसमक्ष २०८० असार १८ गते ‘एकीकृत निर्वाचन विधेयक’ पेश गरेको थियो । उक्त विधेयकको दफा २०५ मा नोटाबारे व्यवस्था गरिएको छ । कुल सदर मतको ५० प्रतिशतभन्दा बढी ‘नोटा’ मत खसेमा उक्त निर्वाचन क्षेत्रको निर्वाचन रद्द हुने प्रावधान उक्त विधेयकमा गरिएको छ ।

तर उक्त अध्यादेश विचाराधीन अवस्थामै रहेकाले आउँदो चुनाव (फागुन २१) मा पनि मतदाताले नोटा अधिकार प्रयोग गर्न पाउने छैनन्‌ । निर्वाचनसम्बन्धी ऐनमा नोटालाई पनि समावेश गर्दै पेश गरेको विधेयकमा अधिकांश दल सहमत नहुँदा यसले कानूनी रूप लिन नसकेको हो ।

यो पनि :

NOTA : माथिका कसैलाई मतदान गर्दिनँ !

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...