नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिका जाने दाउ, ७ जना पक्राउ

जस नेपाल

१८ माघ २०८२

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिका जाने दाउ, ७ जना पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाइ ठगी गर्ने गिराेहका ७ जना जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार तनहुँ भिमादका किरण सिंह ठकुरीले अमेरिकी दुतावासमा पेस गरेकाे कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली भएकाे पुष्टि भएपछि प्रहरीले अनुसन्धान सुरु गरेकाे थियाे । ठकुरीले अमेरिकाकाे डाइभर्सिटी भिसा (DV) परेपछि नक्कली सर्टिफिकेट बनएर दुतावासमा पेस गरेका थिए ।

प्रहरीका अनुसार ठकुरीले अमेरिकी दूतावास, काठमाडौँमा पेस गरेको शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नक्कली रहेको पुष्टि भएको थियो । सोही प्रमाणपत्र तयार पार्ने र प्रयोग गर्न सहयोग गर्ने समूहलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा किरण सिंह ठकुरीसहित अनिल शर्मा, लक्ष्मण बस्नेत, केशव फुयाँल, विष्णु पाण्डे, दीप लामिछाने र शोभाकर खनाल रहेका छन् ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

विज्ञप्ति पनि हेर्नुहाेस्:

सम्बन्धित खवर

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँ उपत्यकामा कोठा खोजिदिने नाममा रकम असुल्ने गिरोहको गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ।...

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

काठमाडौँ । यतिबेला सुन र सरकारको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । प्रधानमन्त्री र...

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक...

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९०...