हिरासतबाट फरार स्वर्णलक्ष्मी सहकारी प्रकरणका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ

२३ कार्तिक २०८२

हिरासतबाट फरार स्वर्णलक्ष्मी सहकारी प्रकरणका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ

काठमाडाैं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन प्रकरणमा मुछिएका र केही महिनाअघि प्रहरी हिरासतबाट भागेका ज्ञानबहादुर बम्जनलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

भदौ २४ गते जेनजी प्रदर्शनको भिडभाडको बीचमा जिल्ला प्रहरी परिसर काठमाडौँको भद्रकालीस्थित हिरासतबाट फरार भएका बम्जनलाई प्रहरीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार बम्जन हाल प्रहरी हिरासतमा छन् र उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ।

सिन्धुलीको दुधौली नगरपालिका–७ का ५४ वर्षीय बम्जन रास्वपा अध्यक्ष रवि लामिछानेका साला गीतेन्द्रबाबु राई (जीबी)का जेठान हुन्। उनी यसअघि पोखरामा सञ्चालन भएको सूर्यदर्शन सहकारीको रकम दुरुपयोग प्रकरणमा समेत संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए। सो प्रकरणमा अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

स्वर्णलक्ष्मी सहकारी घोटाला प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले २०८१ पुस २१ गते रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो, जसमा बम्जन पनि प्रतिवादीको सूचीमा परेका थिए।

प्रहरी स्रोतका अनुसार बम्जनविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी भइरहेको छ। मुलुकी कार्यविधि संहिता, २०७४ को दफा ३५ अनुसार पहिचान स्पष्ट नभएका व्यक्तिहरूको हकमा अलग अनुसन्धान प्रतिवेदन पेश गर्न सकिने कानुनी व्यवस्था रहेको बताइन्छ।

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७०...

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...