अमेरिका पठाइदिने भन्दै १० लाख ठगी गर्ने दुई जना पक्राउ

जस नेपाल

२५ माघ २०८२

अमेरिका पठाइदिने भन्दै १० लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडाैँ । अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार वैदेशिक रोजगारीका नाममा पीडितबाट रकम असुली गरी विदेश नपठाएको उजुरीपछि बिना महर्जन र विन्दा महर्जनलाई आइतबार काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरूले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट करिब १० लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुवै जनाकै स्थायी ठेगाना काठमाडौँको कीर्तिपुर नगरपालिका–२ रहेको जनाइएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक...

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९०...

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : २४ घण्टामा १ हजार ७१९ जना कारबाहीमा

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : २४ घण्टामा १ हजार ७१९ जना कारबाहीमा

काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक...

हाजिरी जमानीमा रिहा भए ‘बले’

हाजिरी जमानीमा रिहा भए ‘बले’

काठमाडाैँ । अभिनेता सागर लम्साल उर्फ बले हाजिरी जमानीमा रिहा भएका छन् । गत...