अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

जस नेपाल

८ फागुन २०८२

अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक जना महिलालाई लाई पक्राउ गरेको जनाएको छ ।

अमेरिका पठाइदिने भन्दै बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम असुली गरेको आरोपमा प्रहरीले ३८ वर्षिय चन्द्रकला सापकोटा (दाहाल)लाई पक्राउ गरेको हो । उनले पीडितबाट ६ लाख ३० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

झापा जिल्ला अर्जुनधारा नगरपालिका–११ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–८ बस्दै आएकी सापकोटालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक...

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९०...

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : २४ घण्टामा १ हजार ७१९ जना कारबाहीमा

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : २४ घण्टामा १ हजार ७१९ जना कारबाहीमा

काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक...

हाजिरी जमानीमा रिहा भए ‘बले’

हाजिरी जमानीमा रिहा भए ‘बले’

काठमाडाैँ । अभिनेता सागर लम्साल उर्फ बले हाजिरी जमानीमा रिहा भएका छन् । गत...