वकीलहरुलाई विचाराधीन मुद्दामा अन्तरवार्ता दिन रोक लगाउनुपर्छ : कटक मल्ल

जस नेपाल

३ चैत २०८२

वकीलहरुलाई विचाराधीन मुद्दामा अन्तरवार्ता दिन रोक लगाउनुपर्छ : कटक मल्ल

काठमाडौँ । नेपालमा हामीले मिडियामा सुन्ने/देख्ने गरेका छौँ, विचाराधीन मुद्दाहरुमा कानून व्यवसायी (वकील) हरुले निर्धक्करुपमा सार्वजनिक टीकाटिप्पणी गर्दै आएका छन् । पत्रकारहरुले पनि टेलीभिजन र पत्रपत्रिकामा वकीलका अन्तरवार्ताहरु प्रशारण/प्रकाशन गर्दै आएका छन् ।

जस्तो– सहकारी ठगी प्रकरण र सम्पत्ति शुद्धीकरण, संगगठित अपराध आदिमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । तर, टेलिभिजन र युट्युवहरुमा अन्तरवार्ता दिन वकीलहरुलाई कुनै रोकतोक छैन । रविको मुद्दामा के हुन्छ ? अदालतले के गर्नुपर्छ ? वकीलहरुले टीभीबाटै बताइरहेका छन् ।

तर, न्यायालयमा सुधार गर्ने हो वकीलहरुलाई यसरी विचाराधीन मुद्दाहरुमा बोल्न रोक लगाइनुपर्ने एकजना कानूनविदले बताएका छन् ।

चर्चित संविधानविद कटक मल्लले यसैसाता कान्तिपुर दैनिकमा एउटा लेख लेख्दै वकीलहरुलाई विचाराधीन मुद्दाहरुमा अन्तरवार्ता दिन निषेध गरिनुपर्ने प्रस्ताव गरेका हुन् ।

बरिष्ठ कानूनविद् मल्लले लेखमा भनेका छन्, ‘वकीलहरूलाई अदालतमा विचाराधीन मुद्दाहरूसँग सम्बन्धित लेख लेख्न र अन्तर्वार्ता दिन पूर्णरूपमा निषेध गरिनुपर्छ ।’

मल्ल भन्छन्, ‘नेपालका अधिवक्ताले व्यावसायिक आचरणविरुद्ध अदालतमा विचाराधीन मुद्दाहरूसम्बन्धी लेख लेख्छन् र विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिन्छन् (जस्तै– भ्रष्टाचार र सहकारी ठगी मुद्दाहरू) ।’

उनी अगाडि थप्छन, ‘वकिलहरू अदालतका अधिकृत हुन् र उनीहरूको अभिव्यक्तिले सार्वजनिक क्षेत्रमा ठूलो प्रभाव पार्छ । यसलाई व्यावसायिक आचरणका रूपमा नियन्त्रण गर्नुपर्छ ।’

‘सब जुडिस नियम’ वा अदालतमा चलिरहेका मुद्दाहरूको अखण्डता र पक्षहरूलाई निष्पक्ष र पूर्वाग्रहरहित सुनुवाइ सुनिश्चित गर्नका लागि यस्तो प्रतिबन्ध आवश्यक रहेको मल्लको तर्क छ ।

सर्वोच्च अदालतले पनि राजनीतिक विवादका मुद्दाहरुबाट जोगिनुपर्ने मल्लको सुझाव छ । उनी भन्छन्, ‘संसदीय अभ्यासलाई अदालतले स्वतः संज्ञानमा लिनुपर्छ र सर्वोच्च अदालतलाई राजनीतिक निर्णय लिन बाध्य गर्नु हुँदैन ।’
मल्ल अगाडि भन्छन्, ‘सर्वोच्च अदालतले संसदको कामकारबाही र निर्वाचन आयोगले राजनीतिक दलसँग सम्बन्धित रहेर गरेका निर्णयका मुद्दा लिनु हुँदैन ।’

हेर्नुहोस् फागुन २७ गते कान्तिपुरमा प्रकाशित मल्लको लेख–

संविधान संशोधनको रूपरेखा

सम्बन्धित खवर

‘लालीबजार’का निर्माताले नपढेको सर्वोच्चको त्यो फैसला

‘लालीबजार’का निर्माताले नपढेको सर्वोच्चको त्यो फैसला

काठमाडौँ । जात्रा, जात्रै जात्रा र महाजात्राजस्ता चलचित्रहरु बनाएको षट्कोण आर्टसका निर्माता र कलाकारहरुले...

उच्च अदालतले भन्यो– लालीबजार फिल्म नदेखाउनू

उच्च अदालतले भन्यो– लालीबजार फिल्म नदेखाउनू

काठमाडौँ । बादी समुदायको कथामा आधारित चलचित्र ‘लालीबजार’ बैशाख १८ गतेदेखि प्रदर्शन हुने भन्दै...

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको न्यायाधीशमा सिफारिस

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौँ । न्याय परिषदका सचिव जितेन्द्र बाबु थपलिया सुर्खेत उच्च अदालत जुम्ला इजलासको न्यायाधीशमा...

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको...