हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

जस नेपाल

१ वैशाख २०८३

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

काठमाडौँ । यतिबेला सुन र सरकारको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । प्रधानमन्त्री र मन्त्रीहरु सुनले पहेँलपुर भएको देखाइएका एआई तस्बीरहरु भाइरल बनाइएका छन् । तर, जेनजी आन्दोलनका बेला एउटा सरकारी बैंकबाट लुटिएको भारी मात्राको सुनचाँदी र नगदबारे भने कतै चर्चा परिचर्चा सुनिएको छैन ।

नयाँ बानेश्वरको ३ नम्बर गेटकै छेउमा अवस्थित छ राष्ट्रिय बाणिज्य बैंक । उक्त बैंकका सुरक्षा गार्डका अनुसार भदौ २४ गते जेनजी आन्दोदनका क्रममा बैंकबाट १८ किलो सुनचाँदी लुटिएको थियो ।

सुनसँगै बैंकबाट ५ करोड रुपैयाँसमेत लुटिएको थियो । अहिलेसम्म न त नगद भेटिएको छ, सुनचाँदी नै फेला परेको छ ।

निर्वाचन सकिएर बनेको सरकारका गृहमन्त्री सुदन गुरुङ बाटो निरीक्षणका लागि काठमाडौँ बाहिरसमेत जान भ्याएका छन् तर उनले बैंकबाट लुटिएको सुन र नगदबारे अहिलेसम्म सोधखोज गर्न भ्याएका छैनन् ।

जेनजी आन्दोलनका बेला बानेश्वरको बैंकबाट कसरी गहना र नगद लुटियो ? पढौँ सुरक्षा गार्ड हरिराम थापा मगरको वयान-

म जी-फोर्स सेक्युरिटी फोर्स कम्पनीबाट राष्ट्रिय वाणिज्य बैंक वानेश्वर शाखामा ड्युटी गर्दै आएको छु। भाद्र २३ गते विहानको अवस्था सामान्य नै थियो। बिहानको करिव ९:०० बजेदेखि भने संसद भवन वरिपरि मानिसहरूको चहलपहल बढेको थियो।

करिब ११:०० बजेदेखि भीड र प्रहरी बीचमा घम्साघम्सी भएको थियो। हाम्रो कार्यालय लगभग दिनको १५:३० बजेसम्म चलिरहेको थियो। बाहिर अश्रु ग्याँस लाठी चार्ज तथा गोली फायर भएको थियो ।

भीडले हाम्रो कार्यालयको उत्तरतर्फको सिसाहरू ढुङ्गा प्रहार गरी फुटाइदिए।

२३ गते प्रदर्शनको क्रममा आन्दोलनकारीहरूको गोली लागि मृत्यु भएको सामाजिक सञ्जालबाट सुनी थाहा पाएको हुँ। २४ गते पुनः डे ड्युटीको लागि विहान ९:०० बजे कार्यालय पुगेको थिएँ।

२३ गतेको प्रदर्शन पश्चात हामीलाई २४ गते सिभिलमा ड्युटी बस्नु र आपत्कालीन अवस्था आइलागे आफ्नो ज्यान जोगाउनु भन्ने आदेश थियो।

संसद भवनको ३ नम्बर गेट प्रदर्शनकारीहरूले विहानको करिव ११:३० बजेतिर तोडेर संसद भवन प्रवेश गरे।

प्रदर्शनकारीहरु संसद भवन लगायतबाट टेवल, कुर्सी पानीको जार, ग्याँस सिलिन्डर, ल्यापटप लगायत जे भेट्यो ओसारिरहेका थिए।

२४ गते साँझ करिब १९.३० बजेको समयमा प्रदर्शनकारीहरूले आगजनी गरी कार्यालयको भल्ट समेत फुटाई करिब ५ करोड नगद १८ केजी सुन तथा चाँदीसमेत लुटी लगेका हुन् ।

(अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको सुरक्षागार्ड मगरले गौरीबहादुर कार्की आयोगलाई दिएको वयान)

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...