अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

जस नेपाल

१३ वैशाख २०८३

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुर । मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् ।

कारागारका प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी कारागार फर्किएका छन् । फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ मात्र कारागार फर्किएका छन् । अन्य कारागारबाट फरार भई भिमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भिमफेदी कारागारमा रहेका प्रमुख पौडेलले बताए।

गत भदौ २४ गते राति १ः०० बजेतिर भिमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।

सम्बन्धित खवर

सालीनदीमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप

सालीनदीमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप

काठमाडौँ । एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ ।...

हेडसरले विद्यालयमा १० लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा

हेडसरले विद्यालयमा १० लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा

रुकुम । रूकुम (पश्चिम), मुसीकोट नगरपालिका, वडा नं.१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापकसमेत...

जेनजी आन्दोलनमा जेलबाट भागेका झ्याप्ले पक्राउ

जेनजी आन्दोलनमा जेलबाट भागेका झ्याप्ले पक्राउ

काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलनका बेला जेलबाट फरार रहेका ‘झ्याप्ले कमल न्यौपाने’...

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँ उपत्यकामा कोठा खोजिदिने नाममा रकम असुल्ने गिरोहको गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ।...