माइतीघरमा शोभा पाठकमाथि कुटपिट, गुण्डाराजको नमूना

माइतीघरको घटनाका सम्बन्धमा छानबिन गर्न एमाले नेता महेश बस्नेतले माग गरेका छन् । उनले भनेका छन्,– माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमतीसहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन् । उल्टै, मेरो श्रीमतीसहित ८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ । अन्यथा, सशक्त प्रतिरोध गरिनेछ ।

जस नेपाल

१४ वैशाख २०८३

माइतीघरमा शोभा पाठकमाथि कुटपिट, गुण्डाराजको नमूना

काठमाडौँ । निवर्तमान गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्ना बस्दै आएका शोभा पाठक र रश्मिला धामी सोमबार दिउँसो कुटिएका छन् । घाइतेलाई बीर अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत समेत छिन् ।

यो कुटपिटको घटना जसबाट भए तापनि शान्तिपूर्ण धर्नामा बसेका निहत्था महिलामाथि यसरी दिनदहाडै भौतिक आक्रमण हुनु लोकतन्त्रविरोधी हर्कत मात्र नभएर निन्दनीय फौजदारी अपराध हो ।

माइतीघरमा भइरहेको कुटपिटको दृश्य हेर्दा पाठकलाई सडकमा लछार–पछार गरिएको विभत्स दृश्य देखिन्छ, जसलाई सभ्य समाजले पचाउन सक्दैन ।

कानूनी समाजमा हरेक समस्याको समाधान कानूनी रुपमा र शान्तिपूर्ण रुपमा हुनुपर्छ । कुनै पनि बाहनामा हिंसा स्वीकार्य हुन सक्दैन ।

यो घटनामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र उनीद्वारा परिचालित एमाले कार्यकर्ताहरुको हात रहेको आरोप लागेको छ । तर, एमाले नेता महेश बस्नेतले भने आफू र आफ्नो परिवार नै पीडित रहेको र मिडियामा भ्रामक समाचार आएको दाबी गरेका छन् ।

यो कुटपिटको घटनामा कोको संलग्न थिए र कसरी घटना भयो भन्नेबारे भिडियो नै सार्वजनिक भइसकेको हुनाले दृश्यमाथिको छानबिनबाटै सथ्य थत्य थाहा हुने नै छ । साथै घटनास्थलबाट समातिएका व्यक्तिहरुबाट पनि वास्तविकता थाहा हुने नै छ । सायद यसबारे प्रहरीले अुनसन्धान गरेर तथ्य बाहिर ल्याउने नै छ ।

शोभा पाठक र महेश बस्नेतबीचको विवाद लामो समयदेखि सार्वजनिकरुपमा चल्दै आएको छ । पाठकले आफूमाथि बस्नेतबाट यौन हिंसा भएको बताउँदै आएकी छन् भने बस्नेतले चाहिँ आफूमाथि पाठकले झूठा आरोप लगाएर साइबर अपराध गरेको बताउँदै आएका छन् ।

यसअघि सुदन गुरुङ गृहमन्त्री भएका बेला शोभा पाठक बस्नेतमाथि कारबाहीको माग गर्दै माइतीघरमा धर्ना बसेकी थिइन् । त्यसबेला गुरुङले माइतीघरमा पुगेर पाठकलाई भेटेका थिए । त्यसयता गुरुङ गृहमन्त्रीबाट हटेपछि पाठक गृहमन्त्रीको पुनर्बहालीको माग लिएर माइतीघरमा धर्ना बस्दै आएकी थिइन् ।

त्यसो त पाठकले बस्नेतविरुद्ध प्रहरीमा जाहेरी पनि दिएकी थिइन् । प्रहरीले एमाले नेता बस्नेतलाई पक्राउ गर्ने प्रयास पनि गरेको थियो । तर, अदालतले बस्नेतलाई ‘क्लिन चिट’ दिएको एमाले नेताहरुले बताउँदै आएका छन् ।

आखिर विवाद जेसुकै भएता पनि यसरी कुटपिट र हिंसामा उत्रने कार्य जसबाट भएता पनि त्यो निन्दनीय हो । कुटपिट जसले गरेको हो, उनीहरुमाथि कानूनी कारवाही हुनैपर्छ । साथै, कसैमाथि झूठो लाञ्छना लगाएर चरित्र हत्या गरिएको हो भने त्यस्तो कार्यलाई पनि कानूनले निषेध गर्दछ ।

लामो समयसम्म गिजोलिएको महेश–शोभा विवादको सत्यतथ्य के हो ? त्यसको समयमै उचित निरुपण हुनुपर्ने देखिन्छ ।

के भन्छन् महेश बस्नेत ?

यसैबीच, माइतीघरको घटनाका सम्बन्धमा छानबिन गर्न एमाले नेता महेश बस्नेतले माग गरेका छन् । उनले भनेका छन्, ‘सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ । अन्यथा, सशक्त प्रतिरोध गरिनेछ ।’

एमाले नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी श्रीमतीमाथि माइतीघरमा हातपात भएको बताएका छन् । बस्नेतको स्टाटस पढौं–

मेरो र हाम्रो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमतीसहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन् । उल्टै, मेरो श्रीमतीसहित ८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

यस घटनालाई केही सञ्चारमाध्यमहरूले गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिरहेका छन्, जुन अत्यन्तै दुःखद र आपत्तिजनक छ ।

माइतीघर मण्डलाजस्तो सार्वजनिकस्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय हो ।

यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन । पीडित आफैंले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत होइन ।

सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ । अन्यथा, सशक्त प्रतिरोध गरिनेछ ।

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...