व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

जस नेपाल

१५ वैशाख २०८३

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौँलाई सो आदेश गरेको हो ।

व्यवसायी गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गरेकी थिइन् । सोही निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश गरेको हो ।

आदेशमा रिट निवेदनको एकरएकप्रति नक्कल समेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि, निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाउन भनिएको छ ।

सम्बन्धित खवर

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णु प्रसाद पौडेललाई...

पासपोर्ट ठेक्कामा १० अर्बभन्दा बढी भ्रष्टाचारको आरोप, पूर्वमहानिर्देशकसहित १२ जनाविरुद्ध मुद्दा दायर

पासपोर्ट ठेक्कामा १० अर्बभन्दा बढी भ्रष्टाचारको आरोप, पूर्वमहानिर्देशकसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागको ई–पासपोर्ट (eMRTD) खरिद तथा छपाइ ठेक्का...

राहदानी छपाइ अनियमिततासम्बन्धी भ्रष्टाचार : विशेष अदालतले भन्यो – आरजु राणा प्रतिवादी होइन

राहदानी छपाइ अनियमिततासम्बन्धी भ्रष्टाचार : विशेष अदालतले भन्यो – आरजु राणा प्रतिवादी होइन

काठमाडौँ । विशेष अदालतले राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वपरराष्ट्रमन्त्री आरजु...

‘न्यायाधीशले कानून होइन पैसा बुझ्छन्’ भन्ने क्षेत्रीविरुद्ध अदालतको अवहेलना मुद्दा

‘न्यायाधीशले कानून होइन पैसा बुझ्छन्’ भन्ने क्षेत्रीविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका रसुवा, आमाछाेदिङमा  गाउँपालिका ४  का धर्मराज थापा क्षेत्रीविरुद्ध...