सर्वोच्चले गर्‍यो विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश

जस नेपाल

२१ वैशाख २०८३

सर्वोच्चले गर्‍यो विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश

काठमाडौँ। सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले सोमबार उक्त आदेश दिँदै सरकारी निर्णयको आधार, कारण र कानुनी वैधतासहित लिखित जवाफ पेस गर्न मन्त्रिपरिषद्, गृह मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगलाई निर्देशन दिएको हो ।

सन्दिप थापासहित पाँच जनाले दायर गरेको रिट निवेदन (दर्ता नं. ०८२-WO-१२२९ ) माथि सुनुवाइ गर्दै अदालतले दुवै पक्षलाई छलफलका लागि वैशाख २८ गते  उपस्थित हुन बोलाएको छ ।

उक्त रिट  वैशाख १७ मा दायर गरिएको थियो । मुद्दाको प्रकृति उत्प्रेषण रहेको छ ।

विद्यार्थी संगठन खारेज गर्ने सरकारी कदमविरुद्ध सर्वोच्च अदालतको यो कारण देखाउ आदेशलाई विद्यार्थी राजनीति र क्याम्पस राजनीतिसँग जोडिएको महत्वपूर्ण न्यायिक हस्तक्षेपका रूपमा हेरिएको छ ।

सम्बन्धित खवर

रवि लामिछानेको मुद्दा सपना र श्रीकान्तको बेञ्चमा

रवि लामिछानेको मुद्दा सपना र श्रीकान्तको बेञ्चमा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको...

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माण लगायत काममा...

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काडमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट निवेदनमा आज...

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिट निवेदनको...