काठमाडौँ । प्रधानन्यायाधीशमा डा. मनाेजकुमार शर्माकाे नाम सिफारिस भएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई नयाँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
शर्मा चौथो बरियताका न्यायाधीश हुन् ।
परिषदको बैठकले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल भन्दा पछाडिको बरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको हो ।
बरियता मिचेर शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै संवैधानिक परिषदका सदस्य नारायणप्रसाद दाहाल र भीष्मराज आङदेम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
शर्माको सिफारिस भएसँगै उक्त निर्णय अब संसदीय सुनुवाइ समितिमा जाने छ ।
संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले ४५ दिनभित्र अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।
न्याय परिषदले ६ जना न्यायाधीशहरुलाई प्रधान न्यायाधीशका लागि योग्य ठहर्याएको थियो । जसको पहिलो नम्बरमा सपना प्रधान मल्ल थिइन् भने दोस्रो बरियतामा कुमार रेग्मी, तेस्रोमा हरिप्रसाद फुयाल, चौथोमा डा. मनोजकुमार शर्मा, पाँचौंमा डा. नहकुल सुवेदी र छैठौं नम्बरमा तिलप्रसाद श्रेष्ठ थिए ।

विगतमा सर्वोच्च अदालतमा चल्दै आएको परम्पराअनुसार अपवादलाई छाडेर बरिष्ठलाई नै प्रधान न्यायाधीश बनाउने प्रचलन थियो । तर, बालेन सरकारले अदालतको यो प्रचलनलाई तोडेर चौथो बरियताका न्यायायाधीशलाई प्रधान न्यायायाधीश बनाउन चाहेको छ । प्रधानमन्त्री शाहको चाहना अनुसार परिषदले नै शर्माको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
उच्च स्रोतका अनुसार प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेमा रास्वपाभित्रै दुई धार देखिएको थियो । सभापति रवि लामिछाने अदालतको परम्परा तोड्न नहुने पक्षमा थिए भने प्रधानमन्त्री बालेन पार्टी सभापतिभन्दा फरक धारमा उभिएका थिए । अन्तततः बालेनको चाहना अनुसार नै चौथो बरियताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ ।
यो पनि-
ताजा अपडेट
प्रधानन्यायाधीशमा मनाेज शर्माकाे नाम सिफारिस
२४ वैशाख २०८३मनोज शर्मा ६ वर्ष प्रधानन्यायाधीश बन्न पाउँछन्, तर…
२४ वैशाख २०८३
