९५ ‘कन्सल्टेन्सी’ मा प्रहरीको छापा, ६९ सञ्चालक पक्राऊ

जस नेपाल

१ जेठ २०८३

९५ ‘कन्सल्टेन्सी’ मा प्रहरीको छापा, ६९ सञ्चालक पक्राऊ

काठमाडौँ । सरकारले शैक्षिक परामर्श केन्द्रहरुमा निगरानी बढाएको छ । यस क्रममा एकैदिन ठूलो संख्यामा, ६९ जना सञ्चालकहरु पक्राउ परेका छन् । प्रहरीले ९५ वटा शैक्षिक परामर्श केन्द्रमा एक साथ कारबाही चलाएर ती सञ्चालकहरुलाई पक्राऊ गरेको हो ।

काठमाडौँ उपत्यकास्थित विभिन्न स्थानमा सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रहरुले उच्च शिक्षाका लागि विदेश पठादिन्छु भनी नेपाली नागरिकहरुलाई ठगी गर्ने गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।
शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित प्रावधानहरुका साथै शैक्षिक परामर्र्श केन्द्रहरुले पालना गर्नु पर्ने मापदण्ड/प्रकृया पूरा नगरी चलाइएका कन्सल्टेन्सीका सञ्चालकहरुलाई समातिएको प्रहरीको दाबी छ ।

त्यस्तै, दर्ता वा नवीकरण नगरी, विना इजाजत शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा र भाषा शिक्षण सम्बन्धी सेवा प्रदान गर्दै आएको हुनाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जेठ १ गते एकै दिन प्रहरी कारवाही गर्ने क्रममा ६९ जनालाई समातेको विज्ञप्तिमार्फत् जनाइएको छ ।

पक्राउ गरिएका सञ्चालकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको बताउँदै प्रहरीले त्यस्ता शैक्षिक परामर्श केन्द्र (Educational Consultancy) हरुद्वारा ठगीमा परेका नेपाली नागरिकहरुले यथासिघ्र प्रहरी कार्यालयमा सम्पर्क राख्न सूचनासमेत जारी गरिएको छ ।

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...