न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो

जस नेपाल

६ जेठ २०८३

न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो

काठमाडौँ । डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश कुमार रेग्मीको बरिष्ठता घटुवा भएको छ । यससँगै न्याय परिषद सदस्य रहेका रेग्मीको सदस्यतासमेत खोसिएको छ ।

संविधानको धारा २५३ मा न्याय परिषदको व्यवस्था छ । न्याय परिषदले न्यायाधीशहरुको नियुक्ति, सरुवा अनुशासनसम्बन्धी कारवाही र बर्खासी लगायतका कामहरु गर्दछ । साथै परिषदले न्याय प्रशासनसम्बन्धी अन्य विषयमा सिफारिस वा परामर्श गर्ने कार्य गर्दछ ।

न्यायपरिषदको अध्यक्षमा प्रधानन्यायायाधीश रहने प्रावधान छ भने सदस्यहरुमा कानूनमन्त्री र सर्वोच्च अदालतका बरिष्टतम् न्यायाधीश रहने प्रावधान छ । त्यस्तै, परिषदमा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एकजना कानूनविद सदस्य रहन्छन् ।

नेपाल बार एशोसिएसनको सिफारिसमा कम्तिमा २० वर्षको अनुभव रहेको एकजना बरिष्ठ अधिवक्तालाई राष्ट्रपतिले सदस्यमा नियुक्त गर्ने संवैधानिक प्रावधान छ । यी सबै गरेर न्याय परिषदमा ५ जना पदाधिकारी रहन्छन् । परिषदका सदस्यहरुले सर्वोच्चको न्यायाधीश सरहको हैसियत र सुविधा पाउँछन् ।

मंगलबारसम्म न्याय परिषदको अध्यक्षमा कामु प्रधानन्यायायाधीश सपना प्रधान मल्ल थिइन् भने बरिष्ठतम न्यायाधीशको हैसियतले कुमार रेग्मी सदस्य थिए । परिषदका बाँकी ३ सदस्यहरुमा कानूनमन्त्री सोबिता गौतम, महेशकुमार नेपाल र दामोदर खड्का रहेका छन् ।

तर, प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा आएसँगै न्यायपरिषदको अध्यक्षबाट सपना प्रधान मल्ल स्वतः हटेकी छन् । तर, बरिष्ठतम् न्यायाधीशको हैसियतमा उनी परिषद सदस्यमा भने कायमै रहनेछिन् ।
तर, यसअघि न्याय परिषद सदस्य रहेका रेग्मी भने अब न्याय परिषद सदस्यबाट स्वतः बाहिरिएका छन् ।

चौथो बरियताका न्यायाधीशलाई प्रधानन्यायायधीश बनाउँदा न्याय परिषदको संरचनामा फरबदल हुन गई अध्यक्ष मल्ल सदस्यमा झर्न पुगेकी हुन् भने रेग्मीले परिषद सदस्यबाटै बाहिरिनु परेको हो ।

यो पनि –

 

न्याय परिषद् के हो ? कहिलेदेखि सञ्चालनमा आयो ?

सम्बन्धित खवर

सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

काठमाडौँ । बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल १५ दिन बिदामा बस्ने भएकी छन् ।...

बाँकी आगामी दिनमा गर्दै जाऊँला !

बाँकी आगामी दिनमा गर्दै जाऊँला !

आदरणीय सञ्चारकर्मी मित्रहरू, यहाँहरूको उपस्थितिप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपालको संविधानबमोजिम आज मैले...

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ...

पारिवारिक नाता भएकाले नियुक्ति पाउनै हुँदैन भन्ने कानूनी व्यवस्था कहाँ छ ?

पारिवारिक नाता भएकाले नियुक्ति पाउनै हुँदैन भन्ने कानूनी व्यवस्था कहाँ छ ?

माननीय सभापतिज्यू, माननीयज्यूहरु, म अन्तिमबाटै, शुरु गरौंजस्तो लाग्यो । सभापतिज्यूकै अन्तिम प्रश्नबाटै । हुनचाहिँ...