काठमाडौँ । कानूनमा स्नातक उत्तीर्ण गरी अधिवक्ताको परीक्षा उत्तीर्ण गरेका नयाँ कानून व्यवसायीलाई नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले हरेक वर्ष सातवटै प्रदेशमा अभिमुखीकरण तालिम दिँदै आएको छ ।
यस वर्ष नयाँ कानून व्यावसायीहरुको अभिमुखीकरण तालिम कार्यक्रम जेठ १६ गतेदेखि हुने भएको छ ।
परिषद्ले ३४औं अधिवक्ता परीक्षाबाट उत्तीर्ण भएका नवप्रवेशी कानून व्यवसायीहरूका लागि पूर्वव्यवसायिक अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो ।
६ वटा प्रदेशमा जेठ १६ र १७ गते हुने छ भने बागमती प्रदेशमा जेठ १७ र १८ गते अभिमुखीकरण कार्यक्रम तय भएको बार काउन्सिलले जनाएको छ ।
यसअघि मधेस प्रदेशको कार्यक्रम जेठ १७ र १८ गते तोकिएकोमा मधेसको कार्यक्रम पनि जेठ १६ र १७ गते नै हुने जनाइएको छ ।
– कोशी प्रदेश : इटहरी पार्टी प्यालेस, बालग्राम चोक, इटहरी (समय: बिहान ८:०० बजेदेखि), सम्पर्क: राजु ढकाल (९८५२०४६४७७)
– मधेश प्रदेश : जेठ १६ र १७ गते । जनकपुरधाम (समय : बिहान ७:३० बजेदेखि) सम्पर्क : संजिव कुमार मल्लिक (९८५५०४४९९७)
– बागमती प्रदेश- जेठ १७ र १८ गते । नेपाल पुलिस क्लब भृकुटीमन्डप (समय : बिहान ७:३० बजेदेखि) सम्पर्क : (५२६९८८४/ ५२६८९६४)
– गण्डकी प्रदेश : जेठ १६ र १७ गते । उच्च अदालत बार एशोसिएशन, पोखरा (समय : बिहान ८:०० बजेदेखि), सम्पर्क: दयाराम गौतम (९८५६०२०९३३)
– लुम्बिनी प्रदेश : जेठ १६ र १७ गते । नेपालगञ्ज (समय : बिहान ८: ०० बजेदेखि), सम्पर्क: इश्वरी प्रसाद ज्ञवाली (९८५८०२३३७६)
– कर्णाली प्रदेश :जेठ १६ र १७ गते । होटल सिद्धार्थ, वीरेन्द्रनगर (समय : बिहान ८:०० बजेदेखि), सम्पर्क: मातृका प्रसाद खनाल (९८५८०२३२६४)
-सुदूरपश्चिम प्रदेश : जेठ १६ र १७ गते । महेन्द्रनगर (समय : बिहान ८:०० बजेदेखि), सम्पर्क: टेक बहादुर कठायत (९८४८७२१५१२)
हेर्नुहोस् सूचना –



