‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

जस नेपाल

१३ जेठ २०८३

‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारविरुद्ध सुशासन कायम लगायतका मागसहित जेनजी (Gen Z) युवाहरूले सामाजिक सञ्जालमार्फत सुरु गरेको भनिएको आन्दोलनमा विभिन्न तहका समूहहरूको संलग्नता देखिएको विषय सार्वजनिक भएको छ।

उक्त आन्दोलनमा नवयुवा समूहको मात्र सहभागिता थियो कि गलत मनसाय राखी आन्दोलनलाई ‘हाइज्याक’ गर्ने उद्देश्यका साथ आएका असामाजिक तत्त्वहरूको पनि संलग्नता थियो भन्ने प्रश्न उठेको छ। प्रारम्भिक विश्लेषण अनुसार उक्त प्रदर्शनलाई विद्वान, बुद्धिजीवी, मानव अधिकार रक्षक, चलचित्रकर्मी, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, अनलाइन व्यवसायी तथा युट्युबरहरूले समेत सामान्य समर्थन गरेको देखिन्छ ।

तर अर्कोतर्फ केही व्यक्तिहरूले विभिन्न विद्यालयका डिजिटल बोर्ड तथा विद्यालयका वेबसाइटहरू ह्याक गरी “No more screens, we are on streets”“We don’t want likes we want change 8 September 2025” जस्ता नाराहरू स्क्रिनिङ गर्दै प्रदर्शनलाई भिन्न दिशातर्फ लैजाने प्रयास गरेको देखिएको  प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी जेनजी प्रदर्शनका आह्वानकर्तामध्ये केही व्यक्तिहरूले “wake up Nepal” नामक टिकटक अकाउन्टमार्फत २०८२ भाद्र २३ गतेभन्दा पहिले नै “Anything could happen in tomorrow’s protest, so be ready with a Molotov cocktail…” भन्दै ७ सेप्टेम्बर २०२५ मा नै पेट्रोल बम (मोलोटोभ ककटेल) तयार गरी आउन आह्वान गरेको विवरण समेत सार्वजनिक भएको छ।

संसद् भवन, सिंहदरबार लगायतका सार्वजनिक संरचना जलाइएको वा विध्वंस गरिएको एआई-जेनरेटेड फोटो तथा भिडियोहरू समेत प्रदर्शनअघि नै सामाजिक सञ्जालमा फैलिएको तथ्यले आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने समूह र विध्वंसात्मक बनाउने उद्देश्यले सक्रिय अर्को समूह गरी दुई प्रकारका समूहहरू समानान्तर रूपमा सक्रिय रहेको संकेत गरेको छ।

सञ्चार माध्यम र छलफल तथा बयानका क्रममा आएका विवरणहरूको विश्लेषण गर्दा उक्त प्रदर्शनलाई विध्वंसात्मक दिशातर्फ मोड्ने योजनामा अर्को समूह समेत संलग्न रहेको देखिएको निष्कर्ष सार्वजनिक गरिएको छ।

सम्बन्धित खवर

गोला प्रथा हटाउने योजना छैन : सर्वोच्च अदालत

गोला प्रथा हटाउने योजना छैन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने बारे कुनै पनि औपचारिक...

जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको रिपोर्ट आज सार्वजनिक हुँदै

जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको रिपोर्ट आज सार्वजनिक हुँदै

काठमाडौँ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित राष्ट्रिय मानव...

सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, स्वास्थ्य अवस्था गम्भीर

सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । सर्वोच्च अदालतका माननीय न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारो क्यान्सर भएकोसँगै उनको स्वास्थ्य अवस्था...

प्रतिनिधिसभा : यी हुन आज पारित गर्ने तयारीमा रहेका दुई विधेयक

प्रतिनिधिसभा : यी हुन आज पारित गर्ने तयारीमा रहेका दुई विधेयक

काठमाडौँ । आज मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकबाट दुईवटा विधेयक पारित गर्ने तयारी रहेको...