छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व न्यायाधीश फोरमको निर्णय

जस नेपाल

२१ जेठ २०८३

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व  न्यायाधीश फोरमको निर्णय

काठमाडौँ  । पूर्व न्यायाधीश फोरम नेपालले निवृत्त न्यायाधीशहरूले नयाँ गठित सम्पत्ति छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने निर्णय गरेको छ । फोरमले संवैधानिक सुरक्षा र स्वतन्त्र न्यायपालिकाको सिद्धान्तलाई कारण देखाउँदै उक्त निर्णय गरेकाे जानकारी दिएकाे छ ।

फोरमद्वारा जारी प्रेस विज्ञप्तिमा संविधानको धारा १०१ बमोजिम महाअभियोगबाट पदमुक्त भएका वा धारा १४२ को उपधारा (१) को (ग) र धारा १४९ को उपधारा (६) को (ग) बमोजिम खराब आचरणसमेतको आधारमा न्यायपरिषदको सिफारिसमा प्रधान न्यायाधीशबाट पदमुक्त भएका बाहेकका पूर्व न्यायाधीशहरूलाई संविधानले विशेष संरक्षण तथा उन्मुक्ति प्रदान गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र न्यायपालिकाको अवधारणा प्रतिकूल हुने गरी सम्पत्ति छानबिन आयोग, २०८३ को मिति २०८३।०१।३० मा प्रकाशित सूचनाबमोजिम सम्पत्ति विवरण पेश गर्नु नपर्ने भन्दै पूर्व न्यायाधीशहरूको बृहद भेलाले मिति २०८३।०२।१७ मा निर्णय गरेको छ ।’

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

सोमबार सर्वोच्चमा ४५९ मुद्दाको पेसी : फैसला भन्दा झण्डै अढाइ गुणा बढि मुद्दा हेर्न नभ्याइनेमा

सोमबार सर्वोच्चमा ४५९ मुद्दाको पेसी : फैसला भन्दा झण्डै अढाइ गुणा बढि मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार १३ वटा इजलास सञ्चालन हुँदा ४५९ वटा मुद्दा पेसीमा...

स्वावलम्बन लघुवित्तका पूर्वसीईओ नरेन्द्र सिंह विष्टको पुनर्नियुक्ति यथावत, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

स्वावलम्बन लघुवित्तका पूर्वसीईओ नरेन्द्र सिंह विष्टको पुनर्नियुक्ति यथावत, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट हटाउने संस्थाको निर्णयविरुद्ध...

विशेषबाट दीपक भट्टको सक्कल मिसिलसहित कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

विशेषबाट दीपक भट्टको सक्कल मिसिलसहित कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दीपक भट्टको सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी निवेदनमा विशेष अदालतको सक्कल मिसिलसहित...

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौँ । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज साेमबार स्वदेश...