भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

जस नेपाल

२२ जेठ २०८३

भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् ।

जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उनले भने, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।”

हाल कारागारमा ७१२ जना कैदी छन् । यसको क्षमता ६०० हो । कारागारमा ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ ।

भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गानाले बताए ।

सम्बन्धित खवर

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।...

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी उजुरी...

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा

भोजपुर । जिल्ला प्रहरी कार्यालयले अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जनालाई दुई लाख जरिवाना...

गलत बयान दिने गौतम विरुद्ध मुद्दा दायर

गलत बयान दिने गौतम विरुद्ध मुद्दा दायर

काठमाडौँ । भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी...