महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

जस नेपाल

२२ जेठ २०८३

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा समेत जोडिएको भेपमार्फत सुन तस्करी प्रकरणमा विशेष अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा (नासु) रेवन्त खड्कालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्काविरुद्ध दायर मुद्दामा प्रारम्भिक प्रमाण पर्याप्त देखिएको भन्दै थुनामा राखेर अनुसन्धान तथा पुर्पक्ष अगाडि बढाउन आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कासहितका प्रतिवादीहरूले इलेक्ट्रोनिक सिगरेट (भेप) भित्र सुन लुकाई भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याएको आरोप लगाएको छ। मुद्दामा ८४८०.५१५ ग्राम सुनको हिनामिना गरिएको उल्लेख छ । जसको मूल्य ७ करोड ७८ लाख ६८ हजार ५९ रुपैयाँ १९ पैसा बराबर रहेको दाबी गरिएको छ ।

अदालतको आदेशअनुसार खड्काले आफू निर्दोष रहेको जिकिर गरे पनि सहप्रतिवादीहरूको बयान, बैंक खातामा भएको रकम जम्मा भएको विवरण, सीसीटीभी सम्बन्धी प्रमाण तथा अनुसन्धानबाट संकलित अन्य कागजातका आधारमा उनीविरुद्ध विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) अनुसार थुनामा राख्नुपर्ने अवस्था देखिएको ठहर गरिएको छ ।

हेर्नुहाेस् आदेश :

सम्बन्धित खवर

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको ठहर गर्दै हरिपूर्वा नगरपालिकाका...

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

भारतको औपचारिक भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।...

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य...

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ उजुरी दर्ता, मोरङमा सबैभन्दा बढी

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी उजुरी...