करका दरमा चलखेल गर्दा अर्थमन्त्री वाग्लेमाथि राजीनामा गर्न दबाब बढ्दो

जस नेपाल

१८ जेठ २०८३

करका दरमा चलखेल गर्दा अर्थमन्त्री वाग्लेमाथि राजीनामा गर्न दबाब बढ्दो

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटसँगै ल्याइएको आर्थिक विधेयकमा राखिएको करका दरमा चलखेल गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग भएको छ । डा. वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति पनि हुन्‌ ।

रास्वपा नेतृत्वको एकमना शक्तिशाली सरकारका अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक सार्वजनिक गरेपछि रातारात करका दरमा हेरफेर गरेका थिए । साथै; बजेट आउनुपूर्व नै विद्युतीय सवारीसाधनमा करका दर हेरफेर हुने सूचना चुहाएर अर्बौँ रुपैयाँ राजस्व छली गराएको आरोप उनले खेपिरहेका छन्‌ ।

वाग्लेले संसद्‌मा दर्ता भइसकेको आर्थिक विधेयकको १६ पेज घटाएर नयाँ विधेयक अर्थ मन्त्रालयबाट सार्वजनिक गरेका थिए । वाग्लेले विधेयकको आकार र भाषामा भन्दा पनि करका दरमै चलखेल गरेका हुन्‌ ।  जब कि; संसद्‌मा पेस भएको विधेयक संसद्‌को स्वीकृतिबाट मात्रै संशोधन गर्न पाइने कानूनी व्यवस्था छ ।

यसअघि अन्य प्रतिपक्षी दलले वाग्लेको राजीनामा माग गरिसकेको छन्‌ । वाग्लेको राजीनामा माग गर्ने दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि थपिएको हो । आज बसेको प्रतिनिधि सभा बैठकमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेमाथि छानबिन माग गरिन्‌ ।

अर्थमन्त्रीमाथि छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै ओलीले भनिन्‌, ‘नैतिकता र निष्पक्षताको द‍ृष्टिकोणले उहाँ जिम्मेवारीबाट पर रहनुपर्छ ।’

संसद्‌मा अन्य प्रतिपक्षी दलभन्दा बढी मुखर देखिएको श्रम संस्कृति पार्टीले पनि अर्थमन्त्री वाग्लेको राजीनामा माग गरिसकेको छ । अन्य विपक्षी दलहरूले पनि आर्थिक विधेयकमा सरकारले गरेको चलखेलबारे विरोध जनाइरहेका छन्‌ ।

आज बसेको बैठकमा नेकपा (एमाले) का सांसद्‌ क्षितिज थेबेले अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसद्‍मा पेश गरिसकेपछि करका दरमा हेरफेर गर्नु गम्भीर विषय भएको बताए । पछिल्लो चलखेललाई संसद्‌ले गम्भीर रूपमा र अर्थमन्त्रीले पनि नैतिक रूपमा लिनुपर्ने बताउँदै थेबेले घुमाउरो शैलीमा अर्थमन्त्रीको राजीनामा माग गरेका हुन्‌ ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद्‌ महेन्द्रबहादुर शाहीले पनि आर्थिक विधेयकमाथि भएको चलखेललाई सामान्य रूपमा लिन नमिल्ने बताउँदै भन्सारमा चलखेलको आधारमा, मिलेमत्तोको आधारमा केही काम भए भन्ने उठिराखेको र जनताले जवाफ खोजेको बताएका छन्‌ ।

यो पनि –

आर्थिक सुधार सुझाव आयोगको आडमा अर्थमन्त्री वाग्लेको तजबिजी !

सम्बन्धित खवर

देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को प्रश्नपत्र चुहावटसम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा...

‘अदालतहरू २४ घण्टे मनोरञ्जन च्यानल होइनन्’

‘अदालतहरू २४ घण्टे मनोरञ्जन च्यानल होइनन्’

काठमाडौँ । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका बेला सार्वजनिक गरेको वाचापत्रमा अदालतको सनुवाइको प्रत्यक्ष...

भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा दशौँ हजार युवा सडकमा उत्रिएका छन् । उनीहरूले देशको...

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

काठमाडौँ । नेपालमा बालयौन दूराचारमा नौ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय...