अर्थमन्त्रीले नकारे संसदीय छानबिन, भने – संसद्‌ सस्तो भयो ?

जस नेपाल

२३ असार २०८३

अर्थमन्त्रीले नकारे संसदीय छानबिन, भने – संसद्‌ सस्तो भयो ?

काठमाडौँ । आर्थिक विधेयक तोडमोड गरी करका दर हेरफेर गरेको आरोप खेपिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय छानबिनको माग नकारेका छन्‌ ।

प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा बुधबार अर्थमन्त्री वाग्लेले जथाभावी संसदीय छानबिन हुन नहुने बताएका हुन् । प्रतिनिधि सभामा रहेका सबैजसो विपक्षी दलले राजीनामा नै मागिरहँदा अर्थमन्त्री वाग्लेले ‘जथाभावी संसदीय छानबिन गर्ने माग नराख्न’ विपक्षी दलहरूलाई आग्रहसमेत गरे ।

अर्थमन्त्री वाग्लेले जेठ १५ गरे ल्याएको ४६४ पृष्ठको आर्थिक विधेयकको १६ पृष्ठ नै हटाएर ४४८ पृष्ठको आर्थिक विधेयक मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्न लगाएका थिए । तर, संसद्‌मा पेश गरिएको विधेयक स्वीकृतिबिना संशोधन गर्न नपाइने कानूनी व्यवस्था छ ।

‘माननीय सांसदहरू आज बिहान उठ्नुभयो। नुवाइधुवाइ गर्नुभयो, चिया खानुभयो, गाडी चढेर आउनुभयो…नर्मल…माइतीघर आउँदा पौने ८ बजेको रहेछ । छानबिनले पत्ता लगाउने त त्यही हो’, छानबिन समिति गठन भएमा त्यसले निकाल्ने निचोडसमेत आफूअनुकूल हुने अनुमान गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘होइन अवैध काम गरेको छ, उजुरी परेको छ, फोन ट्याप गरेको छ, म्यासेज गरेको प्रमाण छ, पेपरमा केही कैफियत देखिन्छ त्यस्तो भएन न छानबिन गर्ने हो ।’

सम्बन्धित समाचार :

करका दरमा चलखेल गर्दा अर्थमन्त्री वाग्लेमाथि राजीनामा गर्न दबाब बढ्दो

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

प्रधानन्यायाधीशमा मनोज शर्मा अनुमोदित, शपथ लिएर आजै पद सम्हाल्ने

प्रधानन्यायाधीशमा मनोज शर्मा अनुमोदित, शपथ लिएर आजै पद सम्हाल्ने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । आज...

संसद्‌को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !

संसद्‌को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल नेतृत्वमा गठित वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र...

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी...