काेशीमा चार महिनामा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता

१२ मंसिर २०८२

काेशीमा चार महिनामा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले साउनदेखि कात्तिकसम्ममा मुद्दा दर्ता भएकामध्ये २१४ फर्स्योट भइसकेको जानकारी दिए ।

उनका अनुसार उत्त अवधिमा जबरजस्तीकरणीका १७८, बहुविवाहमा ३६ करणी उद्योगमा २७, बालयौन दुराचारका ३६, अवैध गर्भपतनका दुई, बोक्सी आरोपका एक, जातीय छुवाछूतका एक, मानव बेचविखन तथा ओसारपसारमा दुई र अप्राकृतिक मैथुनमा एउटा मुद्दा प्रदेश प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

आव २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालयमा ८३१ वटा मुद्दा दर्ता भएका थिए । सो अवधिमा ६९६ वटा मुद्दा फर्स्योट भएका थिए । आव २०८०/८१ मा ८८४ वटा मुद्दा दर्ता भएकोमा ७८४ वटा फर्स्योट भएका थिए ।

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७०...

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...