रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

जस नेपाल

४ असार २०८३

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

जेठ महिनामा हराएको भनी निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार त्यस महिनामा हराएकामध्ये ३० बालबालिका, ४८ महिला र ३० पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तीमध्ये १८ बालबालिका, २९ महिला र १४ पुरुष फेला परेका थिए ।

यस्तै, अघिल्लो आर्थिक वर्षको पुस महिनादेखि खोजीको सूचीमा रहेका थप नौ जनालाई समेत पछिल्लो अवधिमा फेला पारी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । परिवारको जिम्मा लगाइएकामा दुई बालिका, पाँच महिला र दुई पुरुष छन् ।

जिल्लामा बेपत्ताको खोजी तथा उद्धारलाई चुस्ततुस्त तुल्याउन थप प्रहरी परिचालन गरिएको र हराएका व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको सूचना अधिकारी चन्दले बताए ।

सम्बन्धित खवर

प्रज्ञाका कार्यालय सहयोगीको सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

प्रज्ञाका कार्यालय सहयोगीको सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ । नक्कली सर्टिफिकेट (शैक्षिक प्रमाणपत्र) बुझाएर नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर खाइरहेका कार्यालय सहयोगी...

नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले...

नक्कली प्रमाणपत्र बुझाएर बालविकास सहजकर्ताको जागिर, लाग्यो भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्र बुझाएर बालविकास सहजकर्ताको जागिर, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बालविकास सहजकर्ताको जागिर खाएकी एक महिलाविरुद्ध भ्रष्टाचार...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम डिल्लीबजार कारागार चलान

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम डिल्लीबजार कारागार चलान

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई डिल्लीबजार कारागार पठाइएको छ ।...