पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम डिल्लीबजार कारागार चलान

जस नेपाल

३ असार २०८३

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम डिल्लीबजार कारागार चलान

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई डिल्लीबजार कारागार पठाइएको छ । विशेष अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि थुनामा राखिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएका गौतमलाई मङ्गलबार विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो । आदेश न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासबाट भएको हो ।

उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले उनीबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ बराबरको बिगो मागदाबी गरेको जनाएको छ ।

यसै मुद्दासँग सम्बन्धित नेपाल नागरिक उड्डयन प्राधिकरणका अर्का पूर्वमहानिर्देशक प्रदीप अधिकारी पनि हाल डिल्लीबजार कारागारमा रहेको जनाइएको छ ।

सम्बन्धित खवर

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

काठमाडौँ । राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्न माग गर्दै दायर परमादेशको...

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने...

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ।नियमित गस्तीमा रहेको प्रहरीको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई...

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई...