ट्रेड युनियन खारेज गर्ने बाटो खुल्यो, अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

न्यायाधीशहरूकाे राय बाझियो, सुवेदी र पौडेलको फरक मत

जस नेपाल

२९ जेठ २०८३

ट्रेड युनियन खारेज गर्ने बाटो खुल्यो, अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । यससँगै सरकारको युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न कानुनी बाटो खुलेको हाे ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दामा यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा सहित पाँच सदस्यीय संवैधानिक इजलासमा यही जेठ २० गतेदेखि सुरु भएको सुनुवाइ मंगलबार सम्पन्न भएपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिने निष्कर्ष निकालेको हो ।

इजलासमा प्रधान न्यायाधीश शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल रहेका थिए । जसमा न्यायाधीशहरु बिच राय बाझिएकाे पाइएकाे छ ।  इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र विनाेद शर्मा अन्तरिम आदेशलाइ निरन्तरता दिनु नपर्ने पक्षामा थिए  भने न्यायाधीशद्वाय डा. नहकुल सुबेदी र महेश शर्मा पाैडेल यसअघि नै संवैधानिक इजलासले जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने पक्षामा थिए ।

यसअघि भएको सुनुवाइमा पनि तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको इजलासमा समेत राय बाझिएको थियो । उक्त इजलासमा तीन जना न्यायाधीशहरूले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका थिए भने दुई जना न्यायाधीशले अपूरणीय क्षति नहुने भन्दै आदेश दिन असहमति जनाएका थिए ।

नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्य समितिले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णय संविधान र कानुनविपरीत भएको दाबी गर्दै रिट दायर गरेको थियो । अदालतको पछिल्लो निर्णयसँगै ट्रेड युनियन खारेजसम्बन्धी सरकारी निर्णय कार्यान्वयन गर्न कानुनी अवरोध हटेको छ । अब सरकारले उक्त निर्णय कार्यान्वयन अघि बढाउन सक्ने देखिएको छ ।

सुनुवाइका क्रममा अदालतले दुवै पक्षलाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो र महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारको तर्फबाट प्रतिरक्षा प्रस्तुत गरिएको थियो । यो आदेशले सरकारी प्रशासनिक निर्णय र कर्मचारी ट्रेड युनियन अधिकारबीचको संवैधानिक सन्तुलनबारे महत्वपूर्ण कानुनी बहस पुनः सतहमा ल्याएको छ । अदालतको आदेशसँग अब ट्रेड युनियन खारेजी गर्ने अध्यादेशको व्यवथा अब स्वतः कार्यान्वयन हुने भएको हो ।

सम्बन्धित खवर

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीले झुट्टा विवरण पेस...

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

काठमाडौँ । सुनकोशी गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ का केही प्रावधान संघीय शिक्षा नियमावलीसँग...

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड...

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

काठमाडौँ। श्रीमानको हत्यामा दोषी ठहर भएकी रोल्पाकी चान्ची घर्तीलाई सर्वोच्च अदालतको पूर्ण इजलासले जन्मकैदको...