खण्डहर बन्यो सर्वोच्च अदालत

जस नेपाल

१२ कार्तिक २०८२

खण्डहर बन्यो सर्वोच्च अदालत

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको चपेटामा परेपछि देशको न्यायिक सर्वोच्च निकाय सर्वोच्च अदालत खण्डहरमा परिणत भएको छ। आइतबार स्थलगत रूपमा पुग्दा अदालतको भवनको बाहिरी संरचना बाहेक भित्री भाग पूरै जलेर नष्ट भएको देखिन्थ्यो।

अदालतभित्र रहेका महत्वपूर्ण कागजात, अभिलेख, पुस्तकालय, फर्निचर, फाइल र प्रविधियुक्त सामग्री सबै जलेर खरानी भएका छन्। भवनसँगै अदालत परिसरमा पार्क गरिएका सवारीसाधनहरू पनि पूर्ण रूपमा जलेर ध्वस्त भएका छन्।

आगोले न्यायिक गतिविधि नै अवरुद्ध पारेको छ भने कर्मचारीदेखि कानुन व्यवसायी र सेवाग्राहीसम्म स्तब्ध बनेका छन्। सरकार पक्षले क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताएको छ भने सुरक्षाप्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

सर्वोच्च अदालत देशको न्यायिक विश्वास र आशाको केन्द्र मानिँदै आएको संस्थान भएकाले यसमा भएको विध्वंसले राजनीतिक नेतृत्व, कानुन व्यवसायी र आम नागरिकलाई समेत ठूलो आघात पुर्‍याएको छ ।

भिडियो

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...