बाबुको हत्या गरेको आरोपमा छाेरा पक्राउ

जस नेपाल

२४ कार्तिक २०८२

बाबुको हत्या गरेको आरोपमा छाेरा पक्राउ

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ निवासी ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) आफ्नै बाबुको हत्या आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार पेम्बाले आफ्ना ७८ वर्षीय पिता आमकी लामामाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आरोपित पेम्बा लामालाई आइतबार राति स्वयम्भू क्षेत्रमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

सम्बन्धित खवर

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ...

लागुऔषधसहित वडासदस्य पक्राउ

लागुऔषधसहित वडासदस्य पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ...

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको...

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ...