मधेस प्रदेशको सत्ता संघर्ष : मुख्यमन्त्री नियुक्तिबारेको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

२६ कार्तिक २०८२

मधेस प्रदेशको सत्ता संघर्ष : मुख्यमन्त्री नियुक्तिबारेको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिट बुधबार सर्वोच्च अदालतमा सुनुवाइका लागि तय गरिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले यसबारे सुनुवाइ गर्नेछ ।

मंगलबार नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपाका नेतासहित ७४ जना सांसदहरूले संयुक्त रूपमा रिट दायर गर्दै प्रदेशमा बनेको सरकार असंवैधानिक रहेको दाबी गरेका थिए। उनीहरूले संविधानको धारा १६८(३) अनुसार गठन भएको सरकार वैधानिक नभएको भन्दै मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेका छन्।

रिट दायर भएसँगै सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै मुख्यमन्त्री यादवलाई दीर्घकालीन वा नीतिगत निर्णय नगर्न निर्देशन दिएको छ।

मधेस प्रदेशसभामा कुल १०७ सांसद भए पनि एमालेका दीपेन्द्र ठाकुर, जसपाका सरोजसिंह कुशवाह र लोसपाका अभिराम शर्मा निलम्बनमा परेका छन्। त्यस अनुसार अहिले सक्रिय सदस्य संख्या १०४ मात्र छ। बहुमतका लागि ५४ मत आवश्यक पर्छ।

हालको दलगत समीकरण अनुसार एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपाका १९, जनमतका १३, माओवादीका ९, लोसपाका ९, नेकपा (एस) का ७, र संघीय समाजवादी, राप्रपा तथा नागरिक उन्मुक्तिका एक–एक सांसद रहेका छन्।

यस राजनीतिक समीकरणबीच सर्वोच्चको बुधबारको सुनुवाइले मधेस प्रदेश सरकारको भविष्य र सत्ता सन्तुलनमा निर्णायक प्रभाव पार्ने अनुमान गरिएको छ।

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...