आर्यघाटको भ्रष्टाचार मुद्दा : विशेष अदालतमा सुनुवाइ

२६ कार्तिक २०८२

आर्यघाटको भ्रष्टाचार मुद्दा : विशेष अदालतमा सुनुवाइ

काठमाडाैं । पशुपति आर्यघाटमा  विद्युतीय शवदाह गृहका मेसिन खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार विशेष अदालतमा सुरु भएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले मुद्दाको सुनुवाई थालेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ गते तत्कालीन सदस्य–सचिव डा. मिलनकुमार थापा सहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले उनीहरूलाई कोषको सम्पत्ति दुरुपयोग र मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लगाएको छ।

अख्तियारका अनुसार, पशुपति परिसरमा विद्युतीय शवदाह गृहको मेसिन खरिद र जडान प्रक्रियामा ठेक्का प्रक्रिया अघि बढाउँदा पारदर्शिता नअपनाई नियोजित ढंगले हिनामिना गरिएको हो। सोही कारण उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ।

मुद्दामा हाल परिषद् सदस्य रहेका राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, कोषका अन्य कर्मचारी र दुई निजी कम्पनी समेत प्रतिवादी छन्।

आयोगको दाबीअनुसार, प्रतिवादीहरूले आपसी सहमतिमा आफूअनुकूल कम्पनीलाई ठेक्का दिलाउने गरी प्रक्रिया अघि बढाएका थिए। अनुभवहीन ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी’ लाई फर्जी कोटेसनका आधारमा परामर्श सेवाको जिम्मा दिइएको बताइएको छ।

त्यही कम्पनीमार्फत खरिद गरिएको मेसिनको वास्तविक मूल्य भारतीय रुपैयाँमा करिब ३२ लाख ५० हजार मात्र भए पनि, त्यसलाई नेपाली मूल्याङ्कनमा १ करोड ५२ लाख रुपैयाँ देखाएर लागत कृत्रिम रूपमा बढाइएको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ।

अब विशेष अदालतमा सुरु भएको सुनुवाइले यस प्रकरणमा कसले कस्तो भूमिका खेले भन्ने विषयमा निर्णायक खुलासा गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...