रवि लामिछाने र छविलाल जोशीकाे मुद्दाको सुनुवाइ आज पनि स्थगित

११ मंसिर २०८२

रवि लामिछाने र छविलाल जोशीकाे मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडाैं ।  बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा बिहीबार पनि स्थगित भएकाे छ ।

न्यायाधीश मिलनकुमार राई र न्यायाधीश सानुमाया डंगोलको संयोजित इजलासमा पेश भएको मुद्दा लामिछाने पक्षका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न माग गरेपछि स्थगित गरिएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यस अघि मंसिर ४ गते पनि रविका कानून व्यवसायीकै अनुराेधमा सुनुवाइ स्थगित गरिएकाे थियाे ।

सुप्रिम सहकारीमा भएको ठगी र अपचलन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूसम्बन्धी बिगो रकम दाखिला गरे पनि साउन २६ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले थुनामुक्त गर्न अस्वीकार गरेका थिए।
त्यसका विरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। यता, जोशीसम्बन्धी मुद्दा पनि सोही प्रकरणसँग प्रत्यक्ष जोडिएको भन्दै उच्च अदालतले दुवै मुद्दा एउटै इजलासमा एकसाथ हेर्न निर्देश दिएको छ।

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...